अमेरिका छोड्दै चिनियाँ वैज्ञानिक

काठमाडौं। चीनले अमेरिकाकाे गाेप्य रक्षा कार्यक्रम तथा उत्कृष्ट विश्वविधालयमा कार्यरत आफ्ना वैज्ञानिकलाई देश फिर्तीकाे अभियान सुरु गरेकाे छ। सन् २०२१ मा अमेरिकाबाट १४ सय १५ वैज्ञानिक चीन फर्किएका थिए। यस्तै २०२० मा ११ सय ६२ वैज्ञानिक चीन फर्किएकाे बताइएकाे छ। चीनले याे कार्यक्रमकाे नाम ट्यालेन्ट प्राेग्राम राखेकाे छ। 

अमेरिकाकाे गाेप्य दस्तावेजमा चीन फर्किने १ सय ५४ वैज्ञानिक अमेरिकाकाे सेक्रेट हतियार प्राेग्राम सञ्चालन गर्ने लस एलामाेस संस्थामा आवद्ध रहेकाे उल्लेख छ। अमेरिकाकाे न्युक्लियर कार्यक्रम लस एलामाेसबाटै सञ्चालन हुन्छ। चीन फर्किएका वैज्ञानिकलाई चीनले आफ्नाे एडभान्स ड्राेन र मिसाइल कार्यक्रममा समावेश गरेकाे एजेन्सीकाे रिपाेर्टमा उल्लेख छ। अहिले २२ प्रतिशतले चिनियाँ वैज्ञानिकले अमेरिका छाेडिरहेका छन्।

चीनले विगत २ वर्षमा मध्यपूर्व एशियासमेत अफ्रिकाकाे थुप्रै देशमा हतियारकाे निर्यात २५ प्रतिशतले बृद्धि गरेकाे छ। यसमा सबैभन्दा धेरै ड्राेन समावेश रहेकाे छ। 

ट्यालेन्ट ट्रान्सफरका लागि चीन सरकारकाे गाेप्य मिशन

अमेरिकाकाे गाेप्य दस्तावेजमा चीनले ट्यालेन्ट ट्रान्सफरका लागि एउटा गाेप्य मिशन सञ्चालन गरिरहेकाे उल्लेख छ। यसै अन्तर्गत अमेरिकामा कार्यरत वैज्ञानिकलाई चीनकाे कम्युनिष्ट सरकारले गाेप्य रुपमा पैसा पनि उपलब्ध गराइरहेकाे छ। अमेरिकामा काम गरेर चीन फर्किएका वैज्ञानिकलाई उच्च ओहदा र पैसामा काममा लगाउने गरेकाे पनि दस्तावेजमा उल्लेख छ। चीन फर्किएका वैज्ञानिकहरु रक्षा मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका छन्। 

खर्च अमेरिकाकाे, लाभ चीनलाई: एफबीआइ

एफबीआइका निर्दैशक क्रिस्टाेफर रेले अमेरिकी संस्थामा काम गर्ने चिनियाँ वैज्ञानिककाे शाेधका लागि अमेरिकी सरकारले खर्च गर्ने गरेकाे तर केही चिनियाँ वैज्ञानिकले गाेप्य रुपमा यसकाे जानकारी चीनमा पठाएकाे दावी गरेका छन्। उनी कालान्तरमा उनीहरु चीन फर्किने गरेकाे पनि बताए। लस एलामाेसमा पछिल्लाे समय एफबीआइले ५ चिनयाँ वैज्ञानिकलाई गिरफ्तार गरेका थिए। 

हतियार बजारमा चिनियाँ ड्राेनकाे माग बढी

विश्वकाे हतियार बजारमा सबैभन्दा बढी ड्राेनकाे माग छ। फाइटर जेट, मिसाइल, ट्याक र एसल्ट राइफलकाे बजारमा अरु देशले पनि निर्यात गरिरहेका छन्। चीनसँग सबैभन्दा उन्नत डब्लुजे–७०० ड्राेन छ। ३ दशमलव ५ टन वारहेड लैजानसक्ने याे ड्राेनलाई यसै वर्ष चीनले बजारमा उतारेकाे थियो। यसकाे निर्यातका लागि चीनले बुकिङ पनि सुरु गरिसकेकाे छ। 

 

 

 

 

प्रतिक्रिया