पर्यावरण रक्षाका लागि थारुहरुको पर्व ‘बरना’

मनीष कुमार

पर्यावरण संरक्षणका लागि रुखविरुवा, जंगल तथा जलश्राेतको महत्व थारु जनजातिले राम्राेसँग बुझेका छन्। थारुहरु परापूर्वकालदेखि एउटा अनौठाे पर्व मनाउने गर्छन्। जसमा एउटा पनि रुखको पात झरेको खण्डमा जरिवाना तिर्नुपर्ने हुन्छ। 

बरना नामकाे याे पर्वकाे उद्धेश्य नै मानिसलाई पर्यावरण रक्षाका लागि जागरुक बनाउनु हो। यसले हरियालीकाे रक्षा कसरी गर्न सकिन्छ भन्ने पाढ सिकाउँछ। थारु जनजाति नेपाल र भारतकाे सीमावर्ती क्षेत्रमा बसाेबास गर्छन्। बिहारको पश्चम चम्पारण जिल्लाको बगहा र गाैनाहा पहाड नजिकै लगभग २ सय भन्दाबढी गाउँ थरुहटको नामले चिनिन्छ। यहाँ थारु जनजातिको करिब ३ लाख जनसंख्या छ। स्वभावले मिलनसार र अतिथि सत्कारमा पाेख्त थारुहरुको मूलत पेशा खेती–किसानी हो। यिनीहरु समाजका अति पिछडिएको जातिमा पनि पर्छन्। रुखविरुवा तथा जंगलसँगै उनीहरुको जीवन चलिरहेको हुन्छ। थारुहरु प्रकृतिलाई नै आफ्नो देउता मान्छन्। 

प्रकृतिसँग अति निकट

समुदायका मानिसहरुको विश्वास छ– वर्षायाममा प्रकृतिले विरुवाको सृजना गर्ने गर्दछ। नयाँ विरुवालाई कुनै किसिमको हानीनाेक्सानी नहाेस् भन्ने हेतुले प्रकृति रक्षाका लागि पर्व मनाउने चलन छ। बरना स्थानीय भाषा हो। थरुहट क्षेत्रमा जति पनि गाउँ छन्, त्यही बैठक बसाएर बरनाको तिथि तय गर्ने गरिन्छ। विशेषत अगस्ट–सेप्टेम्बरको महिनामा यो पर्व मनाउने चलन छ। सबैभन्दा पहिले बरखाना अर्थात पीपलको रुखमा पुजा गर्ने चलन छ। गाउँको ब्रम्हास्थानमा वनदेवीकाे पुजा गरेपछि पर्यावरण संरक्षणको संकल्प लिने गरिन्छ। 

barana1

यही अवसरमा पीपलको रुखको चाैतर्फी खरको पात बाँधेर गुरु अर्थात साेखा मन्त्र उच्चारण गर्ने गरिन्छ। भाेग लगाएर महिलाहरु प्रकृतिको देवीसँग समुदायको रक्षाको वर माग्ने गर्छिन्। ६० घण्टापछि फेरि पीपलको रुख नजिक पुजाअर्चना गर्ने गरिन्छ र रुखमा बाँधेका खरको पत्ता हटाउने गरिन्छ। यसपछि मानिसको सामान्य दिनचर्या सुरु हुन्छ। पर्वको समाप्तिमा आदिवासी परम्पराको गीत–संगीत र नृत्य गर्ने गर्छन्।  

लकडाउनको पुरानो परम्परा

बरना गरिरहेको बेला गाउँमा अघोषित लकडाउन हुने गर्छ। यतिबेला न गाउँमा काेही भित्रिन सक्छन्, न कसैलाई बाहिर जान नै स्विकृति प्रदान गरिएको हुन्छ। ६० घण्टासम्म मानिसहरु आफूलाई रुखविरुवा, खर–पात तथा हरियालीभन्दा बाहिर राख्छन्। यसको अर्थ हो– दैनिक काम राेकिएन भने रुखविरुवालाई नाेक्सानी हुन्छ। गल्तीले पनि कुनै रुखबाट पात नझराेस्, यसतर्फ सबै सचेत हुन्छन्। 

गाउँमा बरनाकाे मिति तय भएपछि यसको तयारी सुरु हुने गर्छ। परिवारका लागि भाेजनको व्यवस्था सामान्य कुरा भइहाल्यो, पशुपंक्षीका लागि पनि चाराको व्यवस्था गरिएको हुन्छ। यसको व्यवस्था यस कारण पनि गरिएको हुन्छ, लकडाउनको अवधिमा काेही गाउँबाट बाहिर ननिस्किउन्। याे समय महिलाहरु तरकारी पनि काट्दैनन्। बरनाको समय कुनै रुखविरुवा काट्ने काम नहाेस् भन्नका खातिर गाउँको चारै दिशातर्फ निगरानी राखिएको हुन्छ। यसका लागि ८ जना खटिएका हुन्छन्। जसलाई डेंगवाहकबाट सम्बाेधन गर्न सकिन्छ। हातमा लाठी बाेकेर यी डेंगबहाक टाढाबाट गाउँकाे हेरविचार गर्छन्। याे अवधिमा कसैले बिर्सिएर पनि एउटा पत्ता ताेडेको खण्डमा ५ सय रुपैयाँ जरिवाना लाग्ने गर्छ। 

–डिब्ल्युको रिपाेर्ट

 

 

 

प्रतिक्रिया