छुद्र ग्रहसँग ठोक्किदैछ नासाको डार्ट अन्तरिक्ष यान, के होला परिणाम ? 


अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा एस्टोरोइड (छुद्र ग्रह)सँग ठोक्काउन एउटा अन्तरिक्ष यान पठाएको छ । 


नासाको यो ‘डार्ट मिसन’ भविश्यमा पृथ्वीतर्फ आइरहेका खतरनाक एस्टोरोइडलाई ध्वस्त पार्ने तौरतरिका अवगत गराउनेछ । यो मिशनमार्फत नासाले कुनै विशाल अकाशीय पिण्डलाई उसको मार्गबाट हटाउन कति कठिन या सहज छ भन्नेबारे जानकारी लिनेछ ।


यो अन्तरिक्ष यानलाई अरबपति एलन मस्कको रकेट फल्कन–९ बाट पठाइएको हो । यो अन्तरिक्ष यान बुधवार क्यालिफोर्नियाबाट डाइमोरफोस नामक एस्टोरोइडसँग ठोक्किन गएको हो । कुनै एस्टोरोइडको मार्ग भटकाउने यो पहिलो प्रयास हो । 

spacex-launch-1280x720

हुन त डाइमोरफोस एस्टोरोइडबाट अहिले पृथ्वीलाई कुनै खतरा छैन । डार्ट खासमा डबल एस्टोरोइड रिडायरेक्सन टेस्टको लागि निर्माण गरिएको हो । हरेक दिन रेफरीजेरेटरदेखि कारसम्मको आकारका एस्टोरोइड पृथ्वीको कक्षमा प्रवेश गरिरहन्छन् । तिमध्ये अधिकांश वायुमण्डलको घर्षणका कारण आकाशमै ध्वस्त हुन्छन् । यद्यपी, अन्तरिक्षमा कयौं यस्ता एस्टोरोइड पनि छन्, जसबाट आगामी दिनमा पृथ्वीलाई खतरा छ । पृथ्वी बिनासका अति संभावित कारणमध्ये एस्टोरोइड पनि हुन्, जसबाट बच्ने उपाय खोज्न वैज्ञानिक भिडिरहेकै छन् । 


अन्तरिक्ष यानलाई लगेर  ठोक्काउन लागिएको डाइमोरफोस एस्टोरोइडले अर्को ठूलो एस्टोरोइड डिडिमोसको परिक्रमा गरिरहेको छ । डाइमोरफोस एस्टोरोइडको लम्बाइ १६९ मीटर छ । वैज्ञानिकलाई के आशा छ भने यो ठक्करबाट एस्टोरोइडको दिशा र गति दुबै परिवर्तन हुनेछ । यदि यो प्रयोग सफल भयो भने नाशाले भविश्यमा पृथ्वीमा आउने एस्टोरोइडहरुको दिशा बदल्नसक्छ र हामीलाई सुरक्षित राख्नसक्छ । 


डाइमोरफोस एस्टोरोइड हाम्रो सौर्य मण्डलमा घुमीहेको धुलोले भरिएको एक आकाशीय पिण्ड हो । सन् २०२२ को अन्तसम्म डार्ट अन्तरिक्ष यान स्वायत्त रुपमा नेभिट गर्न (आफै अघि बढन) र डाइमोरफोससँग ठोक्किन तम्तयार हुनेछ । त्यसबेला डाइमोरफोस एस्टोरोइड पृथ्वीबाट करीब ७ मिलियन माइल पर हुनेछ । 


Didymoon-Seen-From-Didymos

प्रतिक्रिया