नेपालमा ‘स्टेज शो’ गरेकी साबा रितिकको प्रेमिका

मुम्बई। बलिउड स्टार रितिक रोशन आफूभन्दा १२ वर्ष कान्छी साबा आजादसँग ‘डेट’ गरिरहेका छन्। पूर्व पत्नी सुजेन खानसँग पारपाचुके भएपछि विभिन्न युवतीसँगको सम्बन्धका कारण चर्चामा आएका रितिक पछिल्लो पल्ट साबालाई ‘डेट’ गरिरहेका छन्। 

बलिउड निर्माता–निर्देशक करण जौहरको ५० औं जन्मदिनमा साबासँगै पार्टीमा पुगेपछि रितिकको नयाँ प्रेमिकाको खुलासा भएको थियो। हालै उनीहरू पेरिसमा पनि सँगै देखिएका थिए। 

साबाको उमेर ३६ वर्ष छ। उनी दिल्लीमा जन्मिएकी हुन्। उनको बुवा पञ्जाबी र आमा काश्मिरी हुन्। भारतीय नाट्यविधा ओडिसीमा पोख्त साबाले नेपालमा आएर स्टेजमा प्रदर्शन गरिसकेकी छिन्। 

उनी सन् २००८ मा रिलिज ‘दिल कब्बडी’ मार्फत फिल्ममा आवद्ध भएकी थिइन। यसअघि उनी नाटकमा पनि काम गर्थिन।

पोण्ड्स, म्यागी, किटक्याट, भोडाफोन, सनसिल्क, नेसक्याफे र एयरटेल जस्ता विज्ञापनमा देखा परिसकेकी साबा २ वर्षदेखि रितिकसँग प्रेम सम्बन्धमा छिन्। उनी म्युजिकमा पनि उत्तिकै दख्खल राख्छिन्। 
 

प्रतिक्रिया