दलेर मेहन्दी पक्राउ, दुइ वर्ष जेल 

दिल्ली। भारतका चर्चित पञ्जाबी गायक दलेर महेन्दी पक्राउ परेका छन्। उनलाई मानव तस्करीको मुद्धामा प्रहरीले पटियाला जेल पुर्याएको छ। उनीविरूद्ध मानव तस्करीको मुद्धा सन् २००३ मा अदालतमा दायर भएको थियो। जसको फैसला १५ वर्षपछि २०१८ मा भएको थियो।

उनी तथा उनका भाई शमसेर सिंहलाई मानव तस्करीको मुद्धामा २ वर्षको जेल सजाय तोकिएको थियो। यिनीहरूलाई जरिवाना पनि तोकिएको थियो। 

दलेर मेहन्दी र उनको भाईविरूद्ध ३१ व्टा मुद्धा दर्ता भएका थिए। पहिलो मुद्धा सन् २००३ मा अमेरिकामा दर्ता भएको थियो। उनले मानव तस्करीको रुट अमेरिकालाई बनाएका थिए।  
 

प्रतिक्रिया