अन्तरिक्षमा फोहरको थुप्रो, शनि ग्रहमा जस्तै चक्र बन्ने खतरा

 

कुसुम भट्टराई

काठमाडौं । सन् २०२१, २३ अप्रिलमा पृथ्वीबाट ३२० किलोमिटर माथि अन्र्तराष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ गइरहेको अन्तरिक्ष यात्रीको एउटा टिम सुत्ने तरखर गर्दैथियो । त्यसैबेला क्यालिफोर्नियास्थित स्पेशएक्स हेडक्वार्टरबाट अचानक उनीहरुतर्फ बढीरहेको एक खतरालाई लिएर चेतावनी दिइयो । 

अन्तरीक्ष यात्रीलाई आफ्नो स्पेशसुट लगाउन र आ–आफ्नो सीटमा फर्केर जान भनियो । खतरा के थियो भने स्पेसएक्सको जुन यान (क्रू ड्रयागन)मा अन्तरिक्ष यात्री सवार थिए, त्यसतर्फ अन्तरिक्षको फोहरको एउटा टुक्रा तिब्र बेगका साथ आइरहेको थियो । सौभाग्यले खतरा ट¥यो । यो टुक्राले स्पेशक्राफ्टलाई क्षति पु¥याउनुका साथै अन्तरिक्ष यात्रीको ज्यान लिनसक्ने खतरा थियो । 

मंगल ग्रहमा मानव वस्ती बसाउने जोडतोडका साथ तयारी भइरहेको बेला अन्तरिक्षमा थुप्रिएका यस्ता टुक्रा कति हानिकारक हुनसक्छन् भन्ने यो उदाहरण हो । अन्तरिक्षमा यस्तो फोहर बढदै जाने हो भने भविश्यमा नयाँ भूउपग्रह या रकेट प्रक्षेपण गर्ने खाली ठाउँसमेत बाँकी नरहने खतरातर्फ वैज्ञानिकले चेतनावनी दिएका छन् । 

एक अनुमान अनुसार हालसम्म साना ठूला गरी पुराना रकेट र काम नलाग्ने भूउपग्रहका १ करोड ७० लाख टुक्राहरु आठ किलोमिटर प्रति सेकेन्डको रफ्तारमा पृथ्वीको कक्षमा चक्कर लगाइरहेका छन् । यी आपसमा ठक्कर खाँदै अझ टुक्रदै छन् र टुक्राहरुको संख्या बढदैछ । 

शनि ग्रहकै जस्तो रिङ बन्नसक्छ

खुला र शान्त अन्तरीक्षमा कुडाकर्कट थुप्रिन थालेपछि वैज्ञानिक चिन्तीत देखिएका छन् । अन्तरीक्षमा लगातार रुपमा भूउपग्रहका कुडाकर्कट थुप्रीदैछ । वैज्ञानिकहरुले यदि अन्तरीक्षमा भइरहेको प्रदुषण रोकिएन भने यसबाट पृथ्वीको चारैतिर शनि ग्रहमा जस्तो चक्र बन्नसक्ने चेतावनी दिएका छन् । 

अहिले अन्तरीक्षमा नचाहिने करोडौं टुक्रा तैरीइरहेका छन्, जसमा प्राकृतिक उल्कापिन्ड, कृत्रिम वस्तुका टुटेका टुक्रा र निश्कृय उपग्रह समावेश छन् । अमेरिकाको यूटा विश्वविद्यालयका सोधकर्ताहरुले भनेका छन्, ‘अहिले अन्तरीक्षमा यति धेरै फोहर थुप्रिएको छ कि हामीलाई चुम्बकीय प्रविधिको उपयोग गरेर पृथ्वी वरिपरी शनि ग्रहको जस्तो रिङ बनाउनुपर्नेछ ।’

यदि यसो गरिएन भने बेवारिसे टुक्राहरुको बढदो संख्याका कारण यी अन्य अन्तरीक्ष यान र भूउपग्रहसँग ठोक्किने खतरा बढनेछ । केही टुक्रा त १० सेन्टीमिटर आकारका पनि छन, जुन बन्दुकको गोलीभन्दा तिब्र रफ्तारका साथ कुनै भूउपग्रहसँग ठोक्किन सक्छन् ।  

अन्तरीक्षको फोहर पृथ्वीमा व्याप्त प्रदुषणजत्तिकै हानिकारक छन् । यो अन्तरिक्ष यात्री र अन्तरिक्ष मिसनका लागि ठूलो संकट हो । बितेका एक दशकमा अन्तरीक्षको फोहर ७५०० मेट्रिक टनले बढेको छ । यो अन्तरीक्ष यात्री, अन्र्तराष्ट्रिय अन्तरिक्ष स्टेशन र पृथ्वीको परिक्रमा गर्ने सयौं भूउपग्रहको सुरक्षामा गम्भीर खतरा हो । 

अन्तरीक्षको पहिलो कुडा कर्कट सन् १९६३ मा अमेरिकी सेनाले पठाएको तामाको सुइहरुको गुच्छा थियो । अमेरिकी सेनाले संचारमा भइरहेको समस्या पत्ता लगाएपछि त्यसलाई ठिक गर्न आयनमण्डलको विकल्पका रुपमा लाखौं तामाका सुइहरु अन्तरिक्षमा पठाइएको थियो । यसलाई ‘प्रोजेक्ट निडल’ या ‘प्राजेक्ट बेस्ट फोर्ड’ भनिन्छ । 

६० वर्षदेखि अन्तरिक्षमा फोहर कुडाकर्कट थुप्रिने क्रम बढेको छ । विभिन्न मुलुकको अन्तरिक्ष गतिविधि बढेको छ र यसै क्रममा पृथ्वीबाट पुग्ने फोहर बढीरहेकै छ । 

सन् २०१६ जुलाईमा स्ट्राटेजिक कमाण्डले निकट अन्तरिक्षमा १७ हजार ८५२ कृत्रिम वस्तु रेकर्ड गरेको थियो, जसमा १४१९ कृत्रिम उपग्रह समावेश थिए । तर, यो त ठूला पिण्डको कुरा थियो । 

त्यसअघि सन् २०१३ को अध्ययनमा १ सेन्टीमिटरभन्दा कम आकारका १७ करोड टुक्राहरु पाइए । अनि १ देखि १० सेन्टीमिटरबिचको आकारका कुडाकर्कटको संख्या ६ लाख ७० हजार पाइयो । योभन्दा ठूलो आकारका टुक्राहरुको अनुमानित स.ख्या २९ हजार छन् । 

सन् १९९३ मा पृथ्वीस्थित राडारबाट अनुमान लगाइएको थियो, अन्तरिक्षमा १० सेन्टीमिटरभन्दा ठूलो आकारका करीब ८ हजार टुक्रा छन् । अचेल ५ हजारभन्दा बढी टुक्रा त एक मिटरभन्दा बढी आकारका छन्, जुन बेवारिसी पिण्डका रुपमा भौतारिइरहेका छन् । 

अन्तरीक्ष युगको प्रारम्भ यता अहिलेसम्म करीब २३ हजार भूउपग्रह विभिन्न मुलुकले अन्तरिक्षमा पठाइसकेका छन् । यीमध्ये अहिले ५ प्रतिशत मात्र शक्रिय छन् । ९५ प्रतिशत भूउपग्रह पृथ्वीको कक्षमा कुनै नियन्त्रणबिना बेलगाम ३६ हजार किलोमिटर प्रति घन्टाको रफ्तारले घुमीरहेका छन्, जुन गति शून्य दशमलव २२ क्यालिबरको राइफलबाट निस्कीएको गोलीभन्दा २२ गुना बढी हो । अनि यी टुक्रा आपसमा ठक्कर खाएर अझ टुक्रा टुक्रा भइरहेका छन् र अन्तरिक्षलाई प्रदुषित पारिरहेका छन् । 

केस्लर सिन्ड्रोमले बढाउँदैछ खतरा

keslar

अन्तरिक्षमा कुडाकर्कट आपसमा टकराउने प्रकृयालाई वैज्ञानिकहरुले ‘केस्लर सिन्ड्रोम’को नाम दिएका छन्, जुन नासाका पूर्व वैज्ञानिक डोनाल्ड केस्लरको सम्मानमा राखिएको हो । उनले सन् १९७८ मा सबैभन्दा पहिलो अन्तरिक्ष प्रदुषणको अध्ययन गरेका थिए । 

केस्लरले सत्तरीको दशकमै एक दिन पृथ्वीको कक्षमा फोहर यति धेरै बढने छ कि ति आपसमा टकराएर झन समस्या खडा गर्नेछन् भनेर भविश्यवाणी गरेका थिए । 

बेलायति वैज्ञानिक रिचर्य क्राउटरका अनुसार सबैभन्दा ठूलो समस्या पृथ्वीको २२ हजार ३ सय माइल माथि रहेको जियो–स्टेशनरी अर्बिटमा अन्तरिक्षको फोहोर हो, जसको आपसी टकरावले विश्वकै संचार व्यवस्था पनि चौपट हुनसक्छ । यसबाट इन्टरनेट, जीपीएस, टेलिभिजनजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुनसक्छन् । हरेक पाँच वर्षमा एक पटक कुनै फोहर टुक्रा भूउपग्रहसँग ठोक्किने खतरा छ । 

मानिसको टाउकोमा खस्नसक्छ

space station foto

यति मात्र हैन, अन्तरिक्षको फोहर पृथ्वीको मानव सभ्यताका लागि पनि खतरनाक छ । सन् १९६९ मा जापानको जहाजमा एउटा यस्तै टुक्रा खसेको थियो र एकजना नौसैनिक घाइते भएका थिए । सन् २०१७ मा एक मिलिमिटर आकारको सानो टुक्राले इन्टरनेशनल स्पेश स्टेशनको निकै बलियो काँचको झयाललाई तोडिदिएको थियो । 

सन् २००१ मा कोलम्बिया स्पेश यानको दुर्घटनामा भारतीय मूलकी कल्पना चावलासहित सात अन्तरिक्ष यात्री मरेका थिए । यो दुर्घटनाका विभिन्न कारणमध्ये एउटा कारण अन्तरिक्षमा भटकिएका टुक्रा ठोक्किनु पनि हो भन्ने रिपोर्टमा उल्लेख थियो । 

अन्तरिक्षमा बढदो फोहर सफा गर्न नासाका वैज्ञानिकले लेजर प्रविधि अपनाउनेबारे काम गरिरहेका छन् । पृथ्वीबाट लेजर किरण पठाएर त्यस्ता टुक्रालाई समाप्त गर्ने या अन्यत्र धकेल्ने उपाय अपनाइनेछ । हाललाई जापानको स्काइ परफेक्ट कार्प नामक कम्पनीले यस दिशामा काम गरिरहेको छ । 

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया