लैैंगिक विविधता र समावेशिता विषयक फिल्म फेस्टिभल आयोजना

काठमाडौं । लैङ्गिक हिंसा र दुव्र्यवहारको विषयलाई सामान्यीकरण गरिरहेको भन्दै आवाज उठिरहेको सन्दर्भमा लैंगिकताका सवाललाई लिएर राजधानीमा दुई दिने फिल्म फेस्टिभल आयोजना गरिएको छ । जेठ १९ र २० गते लैंगिकताको विषयमा फिल्म फेस्टिभल आयोजना गरिएको हो ।

फेस्टिभलको उद्घाटन काठमाडौंको सेन्ट जेभियर्स कलेजमा भएको थियो भने समापन टेवा नामक संस्थामा आयाजना भएको थियो । दुई दिने कार्यक्रममा फिल्म प्रदर्शनीका साथै प्यानलमा छलफल आयोजना गरिएको थियो । कार्यक्रममा ६०० भन्दा बढीले प्रत्यक्षरुपमा सहभागिता जनाएका थिए ।

पहिलो दिन  आयोजना भएको प्यानल छलफलमा मिस नेपाल युनिभर्स २०२० सहभागी एन्जल राई, फिल्ममेकर सिकुमा राई, लेखक तथा पत्रकार अंकित खड्गी, लेखक तथा सामाजिक अभियन्ता सन्तोष परियारले नेपालीचलचित्रको लैंगिक दृष्टिकोणबाट छलफल गरेका थिए । 

दोस्रो दिनको छलफलको क्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी सरिता के.सी.ले लैंगिक संवेदनशिलताको विषयमा चलचित्र क्षेत्रको संवेदनशिलताको गति ज्यादै ढिलो भएको कुरा उल्लेख गरेकी थिइन् । कार्यक्रममा दक्षिण एसियाली मुलुकमा लैंगिक विभेदका मुद्दाहरुलाई समेटिएका नेपाल, भारत र पाकिस्तान का १४ वटा फिल्म प्रदर्शन गरिएका थिए । 
 

प्रतिक्रिया