मछिन्द्रनाथको भोटो जात्रा (फोटो फिचर)
संस्कृति

मछिन्द्रनाथको भोटो जात्रा (फोटो फिचर)

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाइएको छ। शनिबार जावलाखेलमा रहेको रथको चारै दिशाबाट भोटो देखाइएको हो । भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुखहरु जावलाखेल पुगेका थिए ।

कोरोना भाइरस संक्रमणका कारण दुई वर्षसम्म रातो मछिन्द्रनाथको रथयात्रा पुल्चोकबाट नजिकैको पाटीसम्म पुर्याएर सम्पन्न गरिएको थियो । दुई वर्ष भोटोजात्रा बिना नै रातो मछिन्द्रनाथलाई बुंगमति फर्काइएको थियो ।

प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको कथन छ । भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमतीमा रहेको मन्दिरमा लगिएको छ।

प्रतिक्रिया