बीरेन्द्र 'फोटोजेनिक' राजनेता !
सम्झना

बीरेन्द्र 'फोटोजेनिक' राजनेता !

१९ जेठ, आज स्वर्गीय राजा वीरेन्द्रको स्मृतिदिवस। नारायणहिटी राजदरवार भित्र २०५८ साल जेठ १९ गते राजा बीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्ड अझै पनि नेपालीहरुले बिर्सन सकेका छैनन् र सायदै बिर्सिएलान् !

मलाई सम्झना भएसम्म त्यस्तै २०४९ साल देखि सार्वजनिक कार्यक्रमहरुमा राजा र राजपरिवारका फोटो खिच्न थालेको थिएँ!

त्यसरी फोटो खिच्दैजाँदा मलाई लाग्यो राजा वीरेन्द्र साँच्चै नै 'फोटोजेनिक' राजनेता थिए। त्यसबेला दक्षिण एशियाली क्षेत्रका समकालिन राष्ट्रप्रमुखहरु मध्ये फोटोमा 'ह्याण्डसम' र 'ड्यासिङ पर्सनालिटी' राजा बीरेन्द्रकै देखिन्थ्यो।

२०५७ फागुनको तेस्रो हप्ता संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव कोफि अन्नानको औपचारीक नेपाल भ्रमणका बेला राजदरवारमा भएको राजासँगको दर्शनभेटको फोटो खिच्न म पनि पुगेको थिएँ। दर्शनभेटका अवसरमा फोटो पत्रकारहरुलाई शुरुमा फोटो खिच्नका लागि छुट्याइएको एक मिनेट समयमा खिच्न सकेजति खिचेर निस्किएँ।

भोलिपल्ट कान्तिपुरमा छापिएपछि धेरैले मन पराएको यो फोटो आज उनै राजाको स्मृतिमा सम्झना र श्रद्धाञ्जलि सहित!

 

प्रतिक्रिया