हिमालमाथिको जिल्ला मुस्ताङ
फोटो फिचर

हिमालमाथिको जिल्ला मुस्ताङ

मुस्ताङ। उपल्लो मुस्ताङ वर्षेनी लाखौं आन्तरीक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र हो। पर्यटकहरू यहाँको प्राकृतिक सुन्दरता देखेर मन्त्रमुग्ध नभइ रहन सक्दैनन्।  

स्वर्गको एउटा टुक्रा यही छ। यही टुक्रा हेर्न र बुझ्न आउने पर्यटकहरूको संख्या वर्षेनी बढ्दो छ। 

प्रकृतिले नै पहाडहरू कुदेर मूर्ति झै बनाएको कला होस् कि यहाँका सुन्दर धार्मिक स्थल, सबै अदृतीय लाग्छन्। 

जोमसोम, मुक्तिनाथ, कागवेनी, छोसाङ हुँदै कालीगण्डकीको तिरैतिर उकालो लाग्दा हलिउडको फिल्मी सिटीमा प्रवेश गरे झै लाग्छ। अझ त्यो भन्दामाथि उक्लिदा देखिने मनोरम दृश्यले आकाशै छुन लागेको अनुभूति हुन्छ। अगाडि बढ्दै जाँदा देखिने कलात्मक पहाडले भगवान शिव मात्र नभएर श्रृष्टीका सबै देवस्थान यही भएको आभास मिल्छ।  मुक्तिनाथको दर्शन गर्न हजारौं कोषबाट भक्तजन यहाँ आइपुग्छन्।

बाटोमा देखिने हजारौं वर्ष पुरानो गुम्बाले प्राचिन नेपाल र यहाँको सभ्यता झल्काउँछ। 

१३ औं सताब्दीको छोसेर गुफा अर्को प्रमुख पुरात्तात्वीक अवलोकनको केन्द्र हो। पहाड कुदेर बनाइएको यो स्थानमा तत्कालीन समय तिब्बत र चीनबीच लडाई भएको स्थानीय सुनाउँछन्। ५ तले उक्त पहाडभित्र खोपेर बनाइएका तत्कालीन शाषकका सम्झना जीवितै छन्। 

त्यतिमात्र होइन, लोमनथाङको इतिहास अझ फरक छ। वर्षोदेखि यहाँ राजा परवल बिष्टले राज्य गरे। २०६४ सालसम्म यहाँका राजाले राजकाज गरेबापत सरकारबाट सहुलीयत पाउँथे। १८० वटा घर अहिले पनि राजाद्धारा निर्मित ठूलो पर्खालभित्र रहेको छ। आफ्ना जनतामाथि कसैले धावा नबोलुन् भनेर बनाइएको पर्खाल इतिहासको कालखण्डमा स्वर्णीम  अक्षरले यथावत रहने निश्चित छ।    
 

प्रतिक्रिया