उँभौली पर्व (फोटो फिचर)
संस्कृति

उँभौली पर्व (फोटो फिचर)

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उँभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ २ गते उँभौली परेको थियो।

शनिवार टुँडिखेलमा उँभौलीकै अवसरमा सांस्कृति कार्यक्रम आयोजना गरियो। किराँती भेषमा युवादेखि वृद्धवृद्धाहरु टुँडिखेलमा भेला भएर साकेला नृत्य गरेका थिए । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि उभौली मनाइने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

प्रतिक्रिया