माता तीर्थ औंसी
फोटो कथा

माता तीर्थ औंसी

काठमाडौं। वर्षेनी आउने औंसीहरुमध्ये वैशाखको यो औंसी भने आमाको मुख हेर्ने दिन हो। वैशाख कृष्णपक्षको औंसीलाई मातातीर्थ औंसी पनि भनिन्छ। चलनचल्तीको भाषामा यसदिनलाई आमाको मुख हेर्ने औंसी भनेर यो दिनलाई पर्वको रुपमा मनाईंदै आएको छ। जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा उपहार दिएर खुशी पार्ने प्रचलन छ। भौगोलिक रुपले आमाभन्दा टाढा भएका छोराछोरीहरु पनि सकेसम्म आमालाई भेटेरै सम्मान अर्पण गर्न पुग्छने प्रयाश गर्छन्।

आमा गुमाईसकेका सन्तान भने मातृ तर्पण र पीण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन्। आफ्नी आमाको स्मृतिमा मातातीर्थमा पुगेर अर्चना गर्ने मानिसको आज घुइँचो लागेको थियो। यस्ता सन्तानले मातातीर्थमा पुगेर स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन्।

सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ । मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ।  
 

प्रतिक्रिया