उम्मेदवारी दर्ताको उत्साह (फोटो फिचर)

उम्मेदवारी दर्ताको उत्साह (फोटो फिचर)

स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयन गर्ने पहिलो दिन आइतबार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल आज एकाएक बदलियो ।

केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार नै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरुले आज मध्याह्नपछि मात्र बजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराए ।

स्थानीय शान्ति बाटिकाबाट पञ्चेबाजासहित शुरु भएको राजनीतिक दलहरुको दलबल नाराजुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान सभागृह पुगेको थियो । दलबलसहित आएका उम्मेदवार बाजागाजा सभागृहको प्रवेशद्वार बाहिरै छाडेर उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे ।

 

प्रतिक्रिया