हस्तकला

हस्तकला

काठमाडौंको ह्यात रिजेन्सी होटलमा १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिता सुरु भएको छ । 

मंसिर ३ देखि ५ सम्म चल्ने हस्तकला मेलाले कोरोना महामारीको मारमा परेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजार प्रवर्धन गर्ने आयोजक नेपाल हस्तकला महासंघको अपेक्षा छ । 
मेलामा हस्तकलालगायत विभिन्न वस्तुका करिब एकसय २० स्टल छन् । मेलाका मुख्य आकर्षण हुन्, नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा हुने प्रतियोगिता । उत्कृष्ट प्रतियोगिलाई मेलामै पुरस्कार प्रदान गरिनेछ । 

मेलामा  एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री भइरहेको छ । समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी भइरहेकाले हरेक नेपालीले एकपटक अवलोकन गर्नैैपर्ने देखिन्छ । 

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन र नेपाली उद्यमी व्यवसायी र बिदेशी हस्तकला आयातकर्ताबीचमा व्यवसायिक सम्बन्ध विकासका दृष्टिले मेला महत्वपूर्ण हुने महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्यको विश्वास छ । 

घुम्नैपर्ने हस्तकला मेलाका आकर्षक झलक चाहिँ यहाँ हेरिहालौं न : 

प्रतिक्रिया