सेतो मछिन्द्रनाथ जात्रा तस्विरहरु
संस्कृति

सेतो मछिन्द्रनाथ जात्रा तस्विरहरु

काठमाडौं ।   सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो एवं अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ ।मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ ।

प्रतिक्रिया