माथिल्लो तामाकोशीः उहिलेदेखि अहिलेसम्म 

माथिल्लो तामाकोशीः उहिलेदेखि अहिलेसम्म 


शव्द/तस्विरः शम्भु गौतम

दोलखा, मंसिर २ः माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अहिले पूर्ण क्षमता अर्थात ४५६ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ । 

विसं २०७८, भदौ २४ देखि आयोजनाले परिक्षण उत्पादन सकेर पूर्णक्षमताका साथ व्यापारिक उत्पादन थालेको हो । 
अनेक आरोहअवरोह व्यहोर्नु परे पनि आयोजनाले जडित क्षमता अनुसार ४५६ मेगावाट विद्युत निरन्तर उत्पादन गरिरहेको अपर तामाकोशी जलविद्युत लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।  

करिब ११ वर्षे निर्माण इतिहासमा धेरै आरोहअवरोह पार गर्नु परे पनि लोडसेडीङ हटाएर मुलुकलाई सर्वत्र उज्यालो पार्न तामाकोशी आयोजनाको महत्वपूर्ण भूमिका छ । 

आयोजनाका मुख्य पूर्वाधारहरुको निर्माण विसं २०६७÷०६८ आर्थिक वर्षबाट थालिएको थियो । तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ जेठमा यसको शिलान्यास गर्दा पाँच वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर प्रवेश मार्ग निर्माणमै ढिलाई भयो । सुरुङको डिजाइन नै परिवर्तन गरियो । आयोजना निर्माण कम्पनीले लापरवाही र ढिलासुस्ती गरिदियो । विसं २०७२ को महाविनासकारी भूकम्पले अर्को अवरोध खडा ग¥यो । भारतीय नाकाबन्दी, खाडीचौर–चरिकोट सडक निर्माणको ढिलासुस्ती, विश्वव्यापी कोभिड महामारी आदि कारण पनि खप्टीएपछि आयोजना निर्माणले निर्धारितभन्दा झण्डै दोब्बर समय लिन पुग्यो । ढिलाइकै कारण सुरुमा प्रक्षेपण गरिएको करीब ३५ अर्ब रुपैयाँ लागत दोब्बर बढ्यो । नेपाली मुद्राको दाँजोमा अमेरिकी डलको मूल्य बढेकाले पनि लागत बढेको हो । 

जे होस्, पूर्ण रुपमा स्वदेशी पूँजी तथा नेपाली प्रविधि र प्राविधिकबाट निर्माण भएको यो आयोजनाले अरु जलविद्युत आयोजना निर्माणको ढोका खोलेको छ । यसकारण पनि यो आयोजना नेपालको लागि कोशेढुङ्गा सावित हुन सक्छ । 
प्रस्तुत छ, तामाकोशी आयोजना निर्माणका आरोहअवरोहका केही झलक ः  

प्रतिक्रिया