चर्चको दानमा अवैध शरणार्थीको गुपचुप सेवा गर्दै लुथरन 

काठमाडौं । नेपालको प्रचलित नियम उल्लंघन गर्दै लुथरन वल्र्ड फेडेरेशन (एलडब्लुएफ) अवैध शरणार्थीहरुको संरक्षणमा सक्रिय रहेको पाईएको छ। नेपालका विभिन्न सीमा नाकाबाट छिराईएका शरणार्थीहरुलाई काठमाडौं उपत्यकामा आधारभूत सुविधा सहितको आश्रय दिने काम लुथरनको नेपाल अफिसले गरिरहेको छ।

यस काममा संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसिआर) ले आर्थिक सहायता दिएर आफ्नै छत्रछाँयाँमा लुथरनलाई शरणार्थीको सेवामा सक्रिय गराएको समाचार विवरण प्राप्त भएको छ।

युएनएचसिआर र लुथरन मुख्यालयवीच विभिन्न देशबाट नेपालभित्र छिराईएका शरणार्थीलाई मजबूत आश्रय दिने उदेश्यले नियमित रुपमा शरणार्थी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। सहमति अनुसार नै युएनएचसिआरले वर्षेनी लुथरनलाई करोडौं अनुदान रकम उपलव्ध गराउँदै आएको देखिन्छ।

दशकौं देखि नेपालमा अरु विभिन्न कार्यक्रम सञ्चालन गर्न सरकारी स्तरमा सहमति गरिँदै आएको भएपनि यो शरणार्थी कार्यक्रम भने गुपचुप ढंगले परिचालन गरिएको समाचार सूत्रले बताएको छ। खासगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र गैरसरकारी संस्थाहरुले जुनसुकै कार्यक्रम सञ्चालन गर्नुपरेमा समाज सेवा परिषदबाट स्वीकृति लिनैपर्छ। अहिले लुथरनले भने समाज कल्याण परिषदबाट स्वीकृति नलिई नै गुपचुप ढंगले शरणार्थीको सेवा गरिरहेको देखिन्छ।

समाज कल्याण परिषदकी कानून अधिकृत मिना तामाङ्गले एनजिओ र आईएनजिओले परिषदको स्वीकृति नलिकन कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने स्पष्ट नीति भएको दृश्य टिभीसँग बताईन्। उनले लुथरनले शरणार्थी कार्यक्रम सञ्चालनको स्वीकृति लिएको बारेमा आफू जानकार नभएको पनि बताईन्। तर लुथरन र युएनएचसिआरवीच भएको सम्झौतामा परिषदसँग स्वीकृति लिएको कुनै आधार देखिँदैन।

रोहिङ्गा शिविरमा सेवा

_MG_5571म्यानमारबाट मानव तश्करको सहायताले बंगलादेश हुँदै नेपाल छिराईएका रोहिङ्गा शरणार्थीले पनि लुथरन नेपालको आधारभूत सेवा सुविधा पाईरहेका छन्। करिब तीनसयको हाराहारीमा काठमाडौंको कपन राममन्दिरमा एकै ठाउँ सेल्टर बनाएर राखिएका रोहिङ्गा शरणार्थीलाई लुथरन नेपालले विशेष सुविधा उपलव्ध गराउँदै आएको थाहा भएको छ। शरणार्थीलाई पनि विशेष स्थान देउ भन्दै नेपाल सरकारसँग माग गरिरहेकोमा कोरोना भ्याक्सिन चैं उपलव्ध भएको छ। सन् २०११ देखि नै रोहिङ्गा शरणार्थी नेपाल छिराईन थालेको समाचार सूत्र बताउँछ। 

यसैगरी भूटान, पाकिस्तान, श्रीलङ्कका र अफगानिस्तानबाट समेत मानव तश्करको सहायतामा ४ सयको संख्यामा शरणार्थी नेपाल पसेर आश्रय लिईरहेका छन्। 

तिब्बतीको गन्तव्य धर्मशाला 

अरु देशबाट छिरेका शरणार्थीलाई सुविधा सम्पन्न आश्रय दिईए पनि तिब्बतबाट आएर शरणार्थीको सुविधामा बस्ने र आधारभूत तालिम दिएपछि उनीहरुलाई भारतको धर्मशाला पठाईने खास उदेश्य रहेको तथ्य युएनएचसिआर र लुथरन वीच एक वर्ष अघि भएको सम्झौता पत्रमै स्पष्ट देखिन्छ। यसबाट पनि प्रष्ट हुन्छ शरणार्थीलाई नेपालभित्र सकेजति अधिकार दिलाएर आफ्नो मिसन पूरा गर्न यी दुइ संस्थाले आफ्नो सञ्जाल सक्रिय राखेका हुन्।

यस्ता छन् उदेश्य

International refugee day__sujan gurungनेपालमा छिरेका शरणार्थीलाई स्वास्थ्य, शिक्षा र जिविकोपार्जन जस्ता प्रमुख सुविधा दिने दुइ संस्थाले सहमति गरेका छन्। त्यसैगरी जिविकोपार्जनका लागि आर्थिक समावेशी कार्यक्रम, जनस्वास्थ्य र न्युट्रिशन कार्यक्रम, खानेपानी, सरसफाई र स्वास्थ्य, यौन र लैङ्गिक असमानता तथा शिक्षा शीर्षकका कार्यक्रम सञ्चालन गर्न युएनएचसिआरले लुथरनलाई यसवर्षका लागि मात्र करिब पाँच करोड ६० लाख बराबरको आर्थिक सहायता दिएको छ। सन् २०२१ डिसेम्बर ३१मा भएको सम्झौता अनुसार लुथरन नेपालले शरणार्थी सेवालाई जारी राखेको छ। यतिबेला नेपालमा ६हजार ३ सय ६५ शरणार्थी छन्। तीमध्ये ८६३ जनां उपत्यकामा छन्।

लुथरन नेपालका कन्ट्री डाईरेक्टर डाक्टर बिजया बज्राचार्यले यसबारेमा कुनै प्रतिक्रिया दिन इन्कार गरिन्। उनले आफ्ना कार्यक्रम संयोजक गोपाल दाहालसँग सम्पर्क गर्न सुझाव दिईन्। कार्यक्रम संयोजक दाहालले शरणार्थी कार्यक्रम सञ्चाल गर्ने मुख्य संस्था युएनएचसिआर भएको र लुथरन नेपाल भने कार्यक्रम कार्यान्वयन गर्ने स्थानीय साझेदार संस्थामात्र भएको बताए।

शरणार्थी कार्यक्रम सञ्चालन गर्ने बिषयमा नेपालको गृह मन्त्रालय र युएनएचसिआरवीच सहमति हुनुपर्ने हो तर हाल सञ्चालनमा रहेको शरणार्थी कार्यक्रम सहमति बिना नै कार्यान्यवन भैरहेको देखिन्छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले खुला सीमानाकाको फाईदा उठाउँदै विभिन्न देशका शरणार्थीहरु नेपाल प्रवेश गराईएका सूचनाहरु आउने गरेको बताए। केही समय अघि त्यसरी पसेका ६ जना अफगानी शरणार्थी फिर्ता गरिएको उनले बताए। बंगलादेश हुँदै नेपाल भारतको खुला सीमानाबाट आउने रोहिङ्गा भने पहिचान गर्न नै समस्या हुने गरेको प्रवक्ता पोखरेलको भनाई छ। मानव तस्करीमा संलग्न व्यक्तिहरुलाई हिरासतमा लिएर कानुनी कार्बाही गरिएको पनि पोखरेलले जानकारी दिए।

मधेशीमूलका नेपाली र भारतीयसँग मिल्दोजुल्दो वर्ण भएकाले रोहिङ्गालाई सामान्य हेराईमा पहिचान गर्न समस्या हुने गरेको सुरक्षा सूत्रले बतायो।

International refugee day___sujan gurungकाठमाडौंस्थित युएनएचसिआरको कार्यालयले यसबारेमा स्पष्ट प्रतिक्रिया दिएको छैन। युएनएचसिआरका कानूनी सल्लाहकार लुमा सिंहसँग सम्पर्क गर्दा उनले के का लागि भनेर प्रश्न त गरे तर अरु कुरा बताउन चाहेनन्। उनकै सल्लाह अनुसार युएनएचसिआरका प्रवक्ता दिपेशदास श्रेष्ठसँग सम्पर्क गर्दा समाचारमा आवश्यक पर्ने प्रश्नहरु इमेलमा पठाउन र आफ्ना अधिकारीसँग बुझेर जवाफ पठाउने बताए।

यसरी नेपालका सरोकार निकायसँग स्वीकृति नै नलिई शरणार्थी कार्यक्रम सञ्चालन गरिएको बिषयमा राष्ट्र संघीय निकायको नेपालस्थित प्रतिनिधिको भनाई के हो भनेर बुझ्न हामी असमर्थ भयौं। 

युएनएचसिआरले लुथरनलाई दिँदै आएको अनुदान रकम चर्चका अन्तर्राष्ट्रिय कोषहरुबाट उपलव्ध हुने समाचार सूत्रले बताएको छ। यस्तै कोषबाट प्राप्त रकमले लुथरन नेपालको निगरानीमा बिराटनगरको रंगेलीमा ‘लुथरन कम्युनिटी वेलफेयर सोसाईटी’ सञ्चालन भैरहेको बुझिएको छ। 
  
 

प्रतिक्रिया