मल्ल राजकुमारहरु व्रत बसेको जात्रा
तस्विरहरु

मल्ल राजकुमारहरु व्रत बसेको जात्रा

शब्द/तस्विर: कान्छा गुरुङ 

कोरोना भाइरस संक्रमणको महामारीबीच भक्तपुरको हनुमानघाटमा एक महिने श्रीस्वस्थानी एवं माधवनारायणको व्रत सञ्चालन भएको छ । भक्तपुरको माधवनारायणको व्रत मल्ल राजकुमारहरुले समेत बसेको ऐतिहासिक प्रमाण रहेको छ। भक्तपुरको माधवनारायण व्रत काठमाडौँको साँखुस्थित शाली नदीमा बस्ने व्रतभन्दा पुरानो मानिन्छ।


हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू नारीहरु माधवनारायणको एक महिना लामो कठिन व्रत बस्ने गर्छन्। जसअनुसार भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक हनुमानघाट तीर्थस्थलमा यो एकमहिने कठिन व्रत बस्ने प्रचलन रहँदै आएको छ ।यस बर्ष भने कोरोना महामारीका विच कम भन्दा कम मानिसहरुको सहभागितामा सो माधवनारायण व्रत संचालन गरिएको हो ।

हनुमानघाटमा दक्षिण पूर्वबाट भद्रा र उत्तर पूर्वबाट बीरा (तब्या खुसी) नामका दुई खोला बग्दै आएको संगम हो। यहाँ जमिन मुनिबाट तमसा नदी उत्पत्ति भएको विश्वास गरिन्छ। यसरी भद्रा, बीरा र तमसा गरी तीन नदीको संगमस्थल त्रिवेणीको रुपमा हनुमानघाटलाई लिइन्छ।

उक्त समयमा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको पालामा उनका छोरा अजितसिंह मल्लको अगुवाइमा हनुमानघाटमा माधवनारायण व्रत सञ्चालन भएको इतिहास पाइएको छ ।

प्रतिक्रिया