मकर स्नान
तस्विरहरु

मकर स्नान

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा ६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रको मन्दिर परिसरमा शनिबारदेखि  बाह्र बर्षमा लाग्ने मकर स्नान सुरु भएको छ । 

पहिलो दिन पुण्यमाता खोलामा स्नान गर्न भक्तजनको भीड लागेको थियो । कोभिडका कारण मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो । 

त्रिवेणीघाटमा पुण्यमाता, रोशी खोला र पद्मावती तीन नदी छन् । त्रिवेणीघाटमा स्नान गर्दा पुण्य हुने जनाविश्वास छ । त्रिवेणीघाटमा यस वर्ष मेला लाग्ने भएकोले भौतिक संरचनासमेत निर्माण गरिएको थियो । तर कोभिडका कारण मेला भने स्थगित भएको छ । 

स्थानीय प्रशासनले भने नदीमा स्नान गर्न भीड नगर्न र २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ ।

प्रतिक्रिया