चाकुको चटारो
तस्विर

चाकुको चटारो

माघे संक्रान्तिमा खाइने प्रमुखमध्येको एक परिकार हो चाकु । विशेष गरी काठमाडौं उपत्यकामा नेवार समुदायले मौलिक र परम्परागत ढंगले चाकु बनाउने गरेका छन् । 

काठमाडौंको असन, इन्द्रचोक तथा भक्तपुरका विभिन्न स्थान र ललितपुरको पाटनलगायत क्षेत्रका स्थानीयवासीले चाकु बनाउँदै आएका छन् । 

सादा चाकु सख्खरबाट बनाइन्छ । यसमा नरिवल, काजुलगायत पनि बाहिरबाट टाँस्ने गरिन्छ । जसले गर्दा चाकुलाई थप स्वादिलो बनाउँछ । मसलादार चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ  । 

चाकुमा चिसो मौसमले मानव शरीरमा पार्ने असरलाई रोकथाम गर्ने औषधीय गुण रहेकाले माघे संक्रान्तिमा चाकु खानु सांस्कृतिक महत्वका साथै औषधि विज्ञानअनुसार पनि फाइदाजनक मानिन्छ ।

 सुत्केरी महिला र शरीर कमजोर भएका बेला चाकु खाएमा शरीरमा तागत दिन पनि चाकु खाने गरिन्छ  । त्यस्तै शरीरका मांसपेशी कसिलो बनाउनसमेत चाकुले सहयोगी भूमिका खेल्ने बताइन्छ । 

अन्य महिनामा चाकुको व्यापार खासै नहुने भएपनि पुस महिनाको अन्त्यतिर भने काठमाडौं उपत्यका मात्र नभई देशका विभिन्न जिल्लाबाट पनि चाकुको माग आउने गरेको व्यवसायी बताउँछन्

प्रतिक्रिया