राष्ट्रपति र पूर्व राजा राष्ट्रनिर्माताको चरणमा
३०० औँ पृथ्वीजयन्ती

राष्ट्रपति र पूर्व राजा राष्ट्रनिर्माताको चरणमा

राष्ट्रपति विद्यादेबी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहले आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरे । राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारी, विभिन्न राजनीतिक दलका नेता तथा पूर्वराजा ज्ञानेन्द्र शाहले पुष्पगुच्छा अर्पण गरेका हुन्। 

माल्यार्पणका लागि राष्ट्रपति भण्डारी बिहान १० बजेपछि त्यहाँ पुगेकी थिइन् भने पूर्वराजा शाह मध्यान्ह पुगेका थिए । 

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा शाह आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरे ।

त्यस्तै नायिका मनिषा कोइराला, सर्वसाधारण, सन्तमहन्तले पनि सिंहदरबार पश्चिम मूल ढोका क्षेत्रमा उपस्थित भएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रतिक्रिया