मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ ।

हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानियहरुले भनियता पनि प्रमाणित भएको थिएन । २०८२ बैशाख २्२ गते बिहान घोडा हेर्न गएका शुनिल बिकले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाईलमा कैद गरेका थिय । कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षनी बसाईसराई गर्छन् ।  तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् । 

उपल्लो मुस्ताङ्गको स्थानिय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाईन्छ । सन् २०१९ को भदौ महिनामा चिनको सिमाना आसपासको पानी जमेको ठाउँमा सात–आठ वटा यहि प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङ्गले बताए । ‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानिय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईको आर्केसर्क र लामो पखेटा दिनुस म सबैलाई लोब्याउदै गाउँ घुमेर आउछु भनेर स्थानियहरु हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरुङ्गले भने ।

यो कालो घाटि भएको सारस बच्चा कोरल्न लोमानथाङ आएको हुन सक्ने सारस संरक्षणकर्ता राजेन्द्र सुलवालले बताए । ‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटि भएको सारस देखिएको छ ।’ यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाइ भुटान र तिबतमा शान्ति,दिगायु ,पवित्र ,भफदारी ,शुभ दिनको प्रतिकको रुपमा लिने गरेको  संरक्षण विज्ञ डा. शैलेन्द्र थकालीले बताए । भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षनी सयौँ पर्यटकहरु कालो घाटि भएको सारस हेर्न त्यहा पुग्ने गरेको पाईन्छ । साथै कालो घाटि भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वार्षनी नोबेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताए । महोत्सव मनाउदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानियले गरेको पाईन्छ । 

कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग दश हजार देखि बाह् हजार रहेको अनुमान गरिएको छ । यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आईसियुनको रातो सूचीमा खतरा नजिक पुगेकोे प्रजातिहरूको रुपमा स्वचिकृत गरिएको छ । यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रुपमा मानेको छ । (नेपाल न्यूज बैंक)

प्रतिक्रिया