उँधौलीको रमझम
तस्विरहरु

उँधौलीको रमझम

काठमाडौं ।किराँत समुदायले शनिबार काठमाडौंमा पनि साकेला उँधौली पर्व मनाएका छन् ।  

मंसिर शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म साकेला नाच प्रदर्शन गर्ने प्रचलन अनुसार किरात समुदायले शनिबार नाच प्रदर्शन गरेका हुन् । साकेला नाच्न आफ्नो जातीय भेषभूषामा ठूलो संख्यामा किरात समुदायका युवा युवतीसमेत जम्मा भएका थिए । 

पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउने गरेका छन् । प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् । 

यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ । नेपालबाहिर खासगरी भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत यो साकेला शिली नाच लोकप्रिय छ ।  

यस चाडमा चेलि-छेकुमा, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ ।


 काठमाण्डौवासी किराँतहरुले टुँडिखेलमा मनाएको साकेला उँधौली पर्वका केहि तस्विरहरु  
 

प्रतिक्रिया