खुलेको मौसममा हाँसेको गौरीशंकर
तस्विरहरु

खुलेको मौसममा हाँसेको गौरीशंकर


शम्भु गौतम
दोलखा, यो वर्षको दोस्रो पटक परेको हिमपातपछि पूरै खुलको आकाशसँगै हिमालहरु पनि हाँसे झैँ लाग्दछ । खुलेको निलो आकाशमा रोल्वालिङ श्रृङ्खलाका हिमालहरु त्यत्तिकै खुलेका छन् । 

खुलेका हिमालहरुले आकर्षण त दिएका छन् नै, यसमा पनि बिहानदेखि साँझसम्म हिमालहरुले फेर्ने रङरुपले झनै आकर्षण थपेको छ । 
 
यो हिमाल श्रृङ्खलाको दृश्यावलोकन गर्ने पारखीहरुले यो श्रृङ्खलामा केके हिमालहरु रहेछन् भन्ने जिज्ञासा राख्ने गरेको पाइन्छ । यो श्रृङ्लामा पशि्चमबाट क्रमशः गौरीशंकर हिमाल ७१३४ मिटर, मेलुङ्त्से ७१८६ मिटर, वेदिङ गो ६१२५ मिटर, चुगिमा गो ६२५९ मिटर, खाङनाचु गो ६७३५ , टेमिटर, चुबुत्से ६६८९ मिटर, ट्राकार गो ६७९३ मिटर, टेङ्गीरागी ताउ ६९४३ मिटर र नुम्बुर ६९५९ मिटर रहेका छन् ।

प्रस्तुत छ, बिहानदेखि साँझसम्मको रोल्वालिङ हिमश्रृङखलाको तसि्वरहरु ।

प्रतिक्रिया