गुर्जुधारास्थित यातायात कार्यालयबाट नौ बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट सोमबार ९ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा जबरजस्ती गरी अनावश्यक हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले शङ्कास्पद नौ जनालाई नियन्त्रण लिई वृत्त थानकोटबाट थप अनुसन्धानका लागि पठाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया