बृहस्पतिभन्दा एघार गुणा ठूलो ग्रह भेटिएपछि खगोलविद् आश्चर्यमा 

स्यान्टीयागो । चिलिका बैज्ञानिकहरुले अन्तरीक्षमा एक महाविशाल ग्रह पत्ता लगाएका छन्, जुन आकारमा हाम्रो सौर्य मण्डलमा रहेको बृहस्पतिभन्दा ११ गुणा ठूलो छ । 

यो ग्रह दक्षिणी आकाशमा दुइ चम्कीला ताराहरुलाई परिक्रमा गरिरहेको छ । यस ग्रहलाई ‘बी सेन्चुरी’ नाम दिइएको छ । यो ग्रहले संसारभरीका वैज्ञानिकलाई आश्चर्यमा पारिरहेको छ । यो खोजपछि अब ग्रहको निर्माण र विकासलाई लिएर हालसम्म प्रचलित मान्यतामाथि चुनौती खडा हुन थालिसकेको छ । 

बी सेन्चुरी ग्रह पृथ्वीबाट करीब ३२५ प्रकाश वर्ष टाढा छ । यो ग्यासले भरिएको ग्रहको परिक्रमा पथ बृहस्पतिको भन्दा एक सय गुणा फराकिलो छ ।

रहष्य के भने यो बी सेन्चुरी ग्रह त्यही निर्माण भएको देखिन्छ । ‘जर्नल नेचर’मा बुधवार प्रकाशित एक आलेखमा खगोलविदहरुले आफ्नो खोजको पूर्ण विवरण दिएका छन् । एउटा ग्यासले भरिएको ग्रहलाई ताराको आसपास खोजिएको यो पहिलो पटक हो, जुन सूर्यको आकारभन्दा तीन गुणा ठूलो छ । 

चिलीका यूरोपीयन टेलिस्कोपमार्फत मार्कस जोनसन र उनको टीमले यो ग्रहको खोज गरेका हुन् । जोनसनले भनेका छन्, ‘मैले सोचेको थिएँ कि ताराहरुको आसपास कुनै रोचक ग्रह हुँदैनन्, तर यसको वरिपरी चाहिँ कयौं संभावित ग्रह बहाल छन्, जुन धेरै रोचक हुनसक्छन् ।’

सर्वेक्षण सुरु गरेको निकै कम समयभित्रै एउटा ग्रह पत्ता लगाएकोमा मात्र यो सर्वेक्षण दल आश्चर्यमा परको हैन, बरु ग्रहका विशेषताले उनीहरुलाई ठूलो आश्चर्यमा पारेको हो । 

बी सेन्चुरी सिस्टममा दुइवटा तारा छन्–‘बि सेन्चुरी ए’ र ‘बी सेन्चुरी बि’ । यदि यी दुबैलाई मिलाउने हो भने यो सूर्यभन्दा ६ देखि १० गुणासम्म ठूलो हुनसक्छ । यो आकारमा यी ताराको पक्कै एउटा विशाल ग्रह हुनुपर्छ । दुबै निकै ताता छन्, जुन सामान्यभन्दा अलग छन् । यो नयाँ खोजबाट अहिलेसम्म ग्रह निर्माणका बारेमा हाम्रो जानकारीमा बदलाव आउनसक्छ । जोनसनका अनुसार यो ग्रहका बारेमा अहिलेसम्म प्राप्त जानकारी निकै अदभूत छ । 

planete
 

प्रतिक्रिया