नेम्वाङको अन्तिम यात्राका तस्बिरहरु

नेम्वाङको अन्तिम यात्राका तस्बिरहरु

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानसाथ दाहसंस्कार सम्पन्न भएको छ। राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहालले श्रध्दाञ्जलि अर्पण गरेपछि नेपाली सेनाको टुकडीले सम्मान प्रकट गरेको थियो। नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए। 

दुइ पटक नै संविधान सभाका अध्यक्ष चुनिएका नेता नेम्वाङले राष्ट्रिय राजनीतिमा छुट्टै परिचय बनाएका थिए। समन्वयकारी उनको कार्यशैली संविधान निर्माणकालमा उत्पन्न कतिपय संकट समाधानमा निर्णायक रहेको फरक दलका नेताहरु पनि सम्झन्छन्। राजनीतिलाई पेशा होइन सेवा मानेर काम गर्नुपर्ने मान्यता बोकेका उनले परिवारका सदस्यहरुलाई आफ्नो राजनीतिक जिम्मेवारीहरुबाट टाढै राखेका थिए। समकालीन राजनीतिमा बिर्सन नसकिने योगदान गरेका नेम्वाङको आकस्मिक अवसान सबैलाई खट्किने नै छ।
 
नेम्वाङको यही भदौ २६ गते हृदयाघातका कारण निधनभएको थियो। 

हार्दिक श्रध्दाञ्जलि !

प्रतिक्रिया