अहा बागमती !

अहा बागमती !

विमा र रश्मी गोकर्णेश्वरका बासिन्दा हुन् । दुवैजना भर्खर प्लस टु दिएर बसेका । उनीहरु फुर्सदमा बाग्मतीको किनारमा  जान्छन् । नदी किनारमा बसेर टिकटक बनाउँछन् । प्रकृतिसँग रम्छन् । हासखेल गर्छन् । 

भोजपुरकी अम्बिका तामाङ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा काम गर्छिन । उनी गोकर्णेश्वर क्षेत्रको बाग्मती किनार नजिकै बसोबास गर्छिन् । बेलुका ५ बजेसम्म उनी व्यापारको तयारी गर्छिन् । साँझ पौने पाँच बजे हरदिन उनी ठेला गुडाउँदै बाग्मतीको किनारमा पुगि्छन् । पारी माकलबारी तिर बाग्मती नदीको किनारमा हरेक साँझ सानोतिनो मेला नै लाग्छ । वारि अमि्बकाको ठेलापसलमा पानी पुरी, चना चटपटे लगायतका खानेकुराहरु खान ग्राहकहरु आउँछन् । नदीको खुल्ला किनारमा चपपटे व्यापारले उनको परिवार चलाउन सघाएको छ । उनी त्यहाँ फोहर हुन्छ कि भनेर सचेत छिन् । हरदिन उनी आउने बिति्तकै दोकान वरपरको ठाउँमा सफा गर्छिन । त्यहाँ रोपिएका विरुवामा कसैले असर गर्छ कि निगरानी गर्छिन् । हेर्नुस त सर हिजो साँझ घर जाँदा त्यो विरुवा राम्रो नै थियो आझ त चुडिदिएछन् चुडिएको विरुवा देखाउँदै उनले भनिन् । 

बाग्मतीको नदी किनार सफा भएपछि अमि्बका जस्ता धेरै महिलाहरु साँझतिर नदी किनारमा व्यवसाय गर्छन् । राम्रै आम्दानी हुँदैछ । उनीहरु भन्छन् नदी किनार यस्तै भइरहे त हुने थियो । अमि्बकाको पनि राम्रै व्यापार हुन्छ । भाडा तिर्न परेको छैन । नदी किनार यस्तै सफा र .मनोहक भए थोरै भाड तिरेरै भएपनि साँझपख दोकान गर्न हुन्थ्यो, उनी भनि्छन् । 

CSK_5811

सिनामंगलदेखि उत्तर गोकर्णसम्मका धेरै ठाउँहरुमा आजभोलि साँझतिर यस्तै मेला लाग्छ । यो ठाउँमा नदी किनार सुन्दर छ र फोहर र दुगन्र्धबाट मुक्त भएकी बाग्मती सूर्यास्त हुनै लाग्दा लज्वावती बनि्छन् । बढ्दो गर्मी र दिनभरको घर, कार्यालयको व्यस्ततामा टहल्ने ठाउँको रुपमा नदी किनार परिणत भएको छ । गोकर्णको पुरानो व्यारेज झकिझकाउ भएको छ । छेउमा आकर्षक कि्रयापुत्री घर बनेको छ । अलि तल परम्परागत शैलीमा बनेको शौचालय छ । अनि ठाउँठाउँमा परम्परागत विश्रामस्थल वा पाटी । आहा क्या राम्रो बाग्मती । 

नेपाल सरकार सहरी विकास मन्त्रालय अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई यसको श्रेय जान्छ । एशियाली विकास बैंकको ऋण र अनुदान लिएर सञ्चालन भइरहेको बाग्मती सुधार आयोजनाबाट नदी किनारा सौन्दर्यीकरणको कार्य सम्पन्न भएको छ । नदी वरपर फुटपाथ छ । साइकल लेन छ । शौचालय, विश्रामस्थल आदि छन् । सहरको स्वरुप बदलिएको छ । आयोजनाले सिनामंगल उत्तर गोकर्णसम्मको ७.५ किमी नदीको दुवै किनारा सिंगारेको छ । थापाथली पुलदेखि बल्खुसम्मको क्षेत्रमा पनि यस्तै सिंगारपटार भएको छ । यो परिवर्तन र नदी वरपरका बासिन्दाको जीवनशैली।  
 

प्रतिक्रिया