भिक्टोरियाक्रस पदक पाउने गजे घलेले रणमैदानमा वीरताका गाथा कोरे । गजे घलेकै गाउँ गोरखाको बारपाकमा अर्का घलेले उद्यमशीलताको गाथा कोरिरहेका छन् ।

उनी हुन्, वीरबहादुर घले, जसले अढाइ दशकदेखि नेपालमा लघु तथा साना जलविद्युत उद्यमीका रुपमा पौरख गरिरहेका छन् । विसं २०५०, साउन २० मा वीरबहादुरले पहिलोपटक ५० किलोवाटको वारपाक ग्रामीण विद्युतीकरणमार्फत बारपाक गाउँलाई झिलीमिली पारिदिए ।

यो नै निजी क्षेत्रबाट संचालित नेपालको पहिलो लघु जलविद्युत आयोजना हो । घलेकै शक्रियतामा बारपाक ग्रामीण विद्युतीकरण प्रालीले थालेको विद्युत उत्पादनको क्रम अहिले बढेर १३४ किलोवाट पुगेको छ ।

तर, यत्तिमै सन्तुष्ट भएनन्, घले । उनले हाइड्रो इनर्जी प्रालीमार्फत अहिलेसम्म ५० बढी साना जलविद्युत आयोजनाहरुको निर्माण गरिसकेका छन् ।

अब लमजुङमा साढे दुई मेगावाटको जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय प्रशारण लाइनमा जोडने तयारीमा छन् उनी । प्रस्तुत छ, लघु तथा साना जलविद्युत उद्यममा उदाहरणीय योगदान दिएका पचास नाघेका वीरबहादुर घलेसँग बारपाक गाउँमै पुगेर चन्द्रशेखर कार्कीले गरेको ‘वाइडएंगल टक’ ।

प्रतिक्रिया