पाथिभरा पूर्वको पवित्र देवीको मन्दिर । सबैको मनोकामना पुर्याइदिने देवी माताको मन्दिर। हिन्दु, बौद्ध र किंरात सहितका धर्मावलम्वीहरुको लागि महत्वपूर्ण देवी थान हो पाथिभरा। अझ भन्नुपर्दा यो जातीय र धार्मिक विभेद रहित आस्थाको थलो हो पाथिभराको मन्दिर।  

पाथीभरा दर्शनकालागी जो कोही आतुर हुन्छन् । तर यात्राको कठिनाई सम्झेर मन खुम्च्याउने गर्छन् । चार घण्टा उकालो चढ्न भन्दा सुकेटार देखि काफ्ले पाटी सम्मको ११ किलो मिटर मोटर बाटोको यात्रा पिडादायी हुन्छ । यो मोटर बाटो कहिले बनिसक्ने हो सबैको चासो यही नै छ ।

 

प्रतिक्रिया