व्यवसायी मिलन श्रेष्ठ भाषाको ज्ञान नपाईकन विदेशमा काम गर्न गएका नेपालीले धेरै दुख पाएको बताउँछन्। मिलन आफैं चार वर्ष दक्षिण कोरियामा श्रमको अनुभव सँगालेका युवा व्यसायी हुन्। उनी चार वर्ष दक्षिण कोरियामा काम गरेर नेपाल फर्किए तर चूपचाप बसेनन्।

कोरियन भाषाको औपचारिक ज्ञान हासिल गर्न गए कोरिया। त्यसपछि फर्किएर उनले नेपालमै कोरियन भाषा प्रशिक्षणको औपचारिक थालनी गरे। काठमाडौंमा उनको भाषा शिक्षण निकै लोकप्रिय मानिन्छ।

अहिलेसम्म सयौं युवाले मिलनसँग कोरियन भाषा सिकिसकेका छन्। भाषा सिकेर गएका युवाले राम्रो काम गरिरहेको मिलनको भनाई छ। विगत १२ वर्षदेखि काठमाडौंमा अरु व्यापार व्यवसाय पनि गर्छन् मिलन।

उनले ‘म’ नाम गरेको पानीको वितरणको जिम्मेवारी सम्हालेका छन्। तारे होटल र रेष्टुरेन्टहरुमा लोकप्रिय मानिएको यो पानी विदेश पनि सप्लाई गर्ने योजना रहेको मिलन बताउँछन्। यसबाहेक मिलनले नेपाल र कोरियाका नीजि क्षेत्रका उद्योगी व्यवसायीसँग सहकार्यको सम्बन्ध पनि स्थापित गरिसकेका छन्। जलविद्युत, कृषि र अन्य उत्पादनमूलक व्यवसायमा संलग्न हुँदा विदेशको उन्नत सीपको लाभ लिन सकिएको मिलनको अनुभव छ।

मिलनले वैदेशिक रोजगार, भाषा समस्या, रेमिट्यान्सको उपयोग र दुरुपयोग, सरकारी निकायको व्यवहार, नीतिगत सुधारका क्षेत्रहरुबारे दृश्य टिभीसँग खुलेर वार्ता गरेका छन्।

 

प्रतिक्रिया