नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले मिश्रित निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका छन्। यो प्रणालीले देशमा राजनीतिक स्थायित्व दिन नसक्ने सांसद थापाको तर्क छ। प्युठान जिल्लाबाट निर्वाचित सांसद थापा प्रतिनिधिसभा नै जनताले प्रत्यक्ष निर्वाचित गरेको प्रतिनिधिमूलक सभा भएकाले मिश्रित प्रणाली आवश्यक नभएको ठान्छन्।

नेकपा एमालेका नेता थापाले पत्रकारितामा लामो अवधिको अनुभव सँगालेका छन्। उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन्।

आफ्ना बिचार प्रष्टसँग राख्न नहिच्किचाउने स्वभावका थापा प्रतिनिधिसभामा युवा पुस्ताका सांसदहरुलाई समन्वय गरेर जननिर्वाचित संस्थालाई जनताका पक्षमा प्रभावकारी बनाउने सोचमा छन्।

सांसद थापाले दृश्य टिभीसँग विविध बिषयमा खुलेर चर्चा गरेका छन्।

 

प्रतिक्रिया