यही मंसीर ४ मा सम्पन्न संसदीय निर्वाचनमा सञ्चारमाध्यमले कस्तो भूमिका निर्वाह गरे भन्ने बारेमा दुइजना अनुभवी पत्रकारहरुले खरो विश्लेषण गरेका छन्। पत्रकार राजेन्द्र दाहाल र अर्का पत्रकार कुन्दन अर्यालले निष्पक्ष, तथ्यपरक र वस्तुपरक समाचार पाठकले पाउन नसकेको टिप्पणी गरेका छन्। सञ्चारमाध्यमहरु घटनाको विवरण पस्किने साधन जस्ता मात्र देखिएको भन्दै दुवैजना अनुभवी पत्रकारले खोज र अनुसन्धानमा पत्रकार र सञ्चारमाध्यम ज्यादै कमजोर रहेको बताए।

निर्वाचनका अवधिमा निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्रका सीमा नाघेर सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने र निर्देशन दिने जस्ता प्रयाश गरेकामा पनि पत्रकार दाहाल र अर्यालले आलोचना गरे। तर पत्रकारहरुले यसको विरुध्द कुनै प्रभावकारी प्रतिक्रिया नजनाउनु आश्चर्यको बिषय भएको उनीहरुको भनाई थियो।

नेपाली पत्रकारिताका बिषयमा रोचक वार्ता सुन्न दृश्य टिभीको यो लिंक खोल्नुहोला

 

 

 

प्रतिक्रिया