नेपाली इन्जिनियरहरु क्षमताको हिसाबले अब्बल रहेको बताएका छन् । बंगलादेशको राष्ट्रिय गौरवको आयोजना पद्मा पुल जस्तै संरचना बनाउन नेपाली इन्जिनियर सक्षम रहेका उनको भनाइ छ ।

हालै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदद्वारा उद्घाटन गरिएको ६ दशमलव १५ किलोमिटर लम्बाईको पद्मा पुल निर्माणका क्रममा डा. घिमिरेले अन्तर्राष्ट्रिय विज्ञ (कन्सल्टेन्ट) का रुपमा काम गरेका हुन् । पद्मा पुलको अधिकांश निर्माण कार्य सम्पन्न भए पनि केही काम भने अझै बाँकी छ ।

जियोटेक्निल इन्जिनियरका रुपमा बंगलादेशको राष्ट्रिय गौरवको योजनामा जोडिएका डा. घिमिरेले त्यहाँको सरकारले सम्मान प्रदान गरेको छ । लमजुङको ग्रामीण भेगमा जन्मिएका घिमिरेले काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।

उनले कोलम्बो प्लानअन्तर्गत भारतबाट बीई अध्ययन पूरा गरेपछि थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) बाट जियोटेक्निकल इन्जिनियरिङमा मास्टर्स डिग्री सिध्याएका हुन् । जापानबाट पिएचडी गरेपछि उनले पूर्वी टिमोर, थाइल्यान्ड, बंगलादेशलगायत मुलुकमा विज्ञ इन्जिनियरका रुपमा काम गरेका छन् ।

बिई सिध्याएपछि उनले खानी विभागमा सरकारी कर्मचारीका रुपमा केही वर्ष काम गरेका थिए । नारायणगढ–मुग्लिन सडकखण्ड, मेलम्ची परियोजना, लमजुङ जलविद्युत कम्पनी आदिमा समेत उनले काम गरेको अनुभव छ ।

साहित्य सिर्जनामा स्कुल तहदेखि नै रुचि राख्ने उनले केही वर्षयता आध्यात्मिक साधनामा समेत रुचि राख्दै आएका छन् । अध्यात्मबिना सही रुपमा जीवनको अर्थ बुझ्न नसकिने उनको ठम्याइ छ ।

डा. घिमिरेको जियोटेक्निकल इन्जिनियरिङ करिअर, साहित्य सिर्जना, आध्यात्मिक साधना आदिबारे दृश्य टिभीका लागि गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

 

 

प्रतिक्रिया