दार्चुला स्थित सुन्दर बस्ति लास्कु र बाङ्गाबगड आज उजाड हुने अवस्थामा छन्। मध्यरातमा बेस्सरी खोलाले उग्ररुप लिइ गाउमा पस्न थाले पछि केहिले ज्यान बाहेक अरु केहि बचाउन सकेनन्।

स्थानियका घर बगे, खेतहरु बगे र सपना पनि त्यही मध्यरातमा लास्कु खोला संगै महाकालिमा बगे।सुन्दर गाउँ एक रातमै बगर भएको छ भने बगर मरुभुमिमा परिणत भएकोछ। रातभर जाग्राम बसेको गाउँ बिहानको मिर्मिरे संगै उठ्न खोज्छ तर उठ्न भने सक्दैन।

ओभाना आखाले बिहान गाउलेहरु आआफ्ना आफन्त खोज्छन १ कोहि घर खोज्छन भने कोहि आफ्नो खेत वारि तर त्यहा न खेत भेटिन्छ न त घर नै। जस्ले रात्रीको समयमा आफन्त गुमाए उनिहरुले बगरमा अहिलेपनी आफन्त भेटिने आस मारेका छैनन्।

लास्कु खोलाको बाढीले यति सम्मको डरलाग्दो रुप कहिलै देखाएको थिएन। यो खोला महाकालिमा मिसिदा सदरमुकाम स्थित बाङाबगड क्षेत्र तिब्र रुपमा कटान हुदैछ । घरहरु महाकालिको भेलमा बग्दैगरेको दृश्य हृदयबिदारक छ १ यहा घर मात्रै बगेको छैन जिन्दगी भरको पसिना बग्नुका साथै धेरैका सपना बगेका छन्।

प्रतिक्रिया