आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अर्जुन प्रसाईंले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उक्त क्षेत्रबाट उम्मेदवार बन्न लागेका नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापालाई यसपालि हराएरै छाड्ने उनको भनाइ छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री थापाले एमाले नेता डा. राजन भट्टराईलाई पराजित गरेर सांसद भएका थिए । ‘यसपालि मैले १० हजार मतको अन्तरले चुनाव जित्दैछु, आजको मितिसम्म मेरो प्रतिस्पर्धी गगन थापा होइनन्, डा। राजन भट्टराई हुन्,’ प्रसाईंले भने ।

यदि स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेर आएमा आफूले पाउने सेवासुविधा जनताकै सेवाका लागि खर्च गर्ने उनको धारणा छ । २०६० सालमा नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बन्न सफल प्रसाईं लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा क्रियाशील भएर रहेका थिए । पछिल्लो समयमा उनको कम्युनिस्टहरुप्रति मोहभंग भएको छ । नेपालमा एकजना पनि कम्युनिस्ट नेता नभएको उनको दाबी छ ।

काठमाडौं–४ स्वतन्त्र उम्मेदवारी, एजेन्डा, चुनावी माहोल र समसामयिक विषयवस्तुबारे प्रसाईंसँग गरिएको कुुराकानी।

 

प्रतिक्रिया