नेपाली राजनितिक इतिहासका कैयौ घटनाका साक्षी नेपालका प्रथम अर्थसचिव र गभर्नर हिमालय शम्शेर राणाले राजनितिमा दलहरु कमजोर हुदैगएको र ब्यापार हाबी हुदैगएको पाएर आफू चिन्तित भएको बताउछन्।

प्रधानमन्त्री हुने ३५ औ‌ रोलकालमा रहेका उनी तत्कालिन सेनाका कर्णेल पनि थिए। २००८ साल ताका उनी अर्थसचिव हुदा तत्कालिन राजा त्रिभुवन लाई ७ लाख र युवराज महेन्द्रलाइ ३ लाख रुपयाँ वार्षिक खर्च छुट्याउनु पर्थ्यो। यो एक दमै कम रकम हो, त्यसैले कहिले काही दरवार बाट ६ महिनामै खर्च थप्न आफुकहा खबर आउने बताउछन्।

प्रतिक्रिया