‘दशगजामा दुवै देशको सहमति बिना भारतले एक्लौटी पेलेर बाँध बनाउन थालेपछि गाउँलेलाई लगेर म प्रतिकारमा उत्रिएको हुँ,’ उनले भने, ‘त्यतिबेला मलाई सुरुमा नेपालको प्रशासनले पनि साथ दिएको थिएन।

गाउँले बोकेर प्रतिकारमा उत्रिएपछि मात्र प्रशासन बाध्य भएर आएको थियो।’

‘यसपालि म सप्तरी क्षेत्र नम्बर–२ बाट चुनाव लड्छु,’ देव नारायण यादवले भने, ‘उपेन्द्र यादव यो क्षेत्रको टुरिस्ट उम्मेदवार हुन्। सिके राउत अस्तिसम्म देश टुक्राउने कुरा गर्थे। म यहाँको सच्चा सीमा रक्षक हुँ।’

२०७३ साल मंसिर १३ गते सप्तरीको तिलाठीस्थित दशगजामा पर्ने खाडो नदीमा एक्लौटी रूपमा भारतले बाँध बनाउन खोजेपछि उनी प्रतिकारमा उत्रिएका थिए। भारतीय प्रहरीसँग भएको मुठभेडमा उनको टाउको फुटेको थियो। उनको उपचार काठमाडौंस्थित मनमोहन अधिकारी अस्पतालमा भएको थियो। त्यतिबेला उनको टाउकोमा १४ टाँका लगाउनु परेको थियो। 

प्रतिक्रिया