काठमाडौं। नेपाली राजनीतिलाई नजिकैबाट निहालिरहेका व्यक्ति हुन्, कुमुद लोहनी। उनी २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। तर, पछिल्लो समय कांग्रेस पार्टीले विपी कोइरालाको ‘डक्ट्रिन’ छोडेपछि उनले राजीनामा गरेका थिए। तर, उनको राजीनामा अहिलेसम्म कांग्रेस पार्टीले स्विकृत गरेको छैन।

लोहनी नेपालमा राजसंस्था अझैं अपरिहार्य भएको बताउँछन्। नेपाल तथा भारतका नेताहरू बीच राम्रो पहिचान बनाएका उनी नेपाली राजनीतिमा वर्तमान नेताहरू असफल भइसकेको र राजसंस्था कुनै पनि रूपमा फर्किने दावी गर्छन।

पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सुनसरीस्थित चुनाव क्षेत्रमा कमाण्डरको रूपमा काम गरिसकेका लोहनी नेपाली कांग्रेसमा महासमिति सदस्य थिए। उनी आफ्नो कुरा खुलस्त राख्ने राजनीतिक विश्लेषकको रूपमा पनि चिनिन्छन्।

उनी अहिले पनि नेपाली राजनीतिमा विपीको ‘डक्ट्रिन’ आवश्यक रहेको बताउँछन्। र, नेपाल र नेपालीहरूको हित नै राजा र राजनीतिक पार्टीहरू मिलेर जानुपर्ने सुनाउँछन्। नेपालको २ सय ५० वर्षभन्दा लामो राजनीतिक पृष्ठभूमि भएको राजसंस्थालाई बाहिर राखेर हिँड्दा अहिले नेपाली राजनीतिमा एकपछि अर्को दूर्घटना निम्ति रहेको र यस्तै अवस्था हुने हो भने, नेपाल भन्ने राज्य नै नरहने अवस्थामा पुग्ने उनको ठम्याई छ।

नेपालमा भ्रष्टाचार बढ्नु र नेताहरू छाडा हुनुमा राजसंस्था जस्तो अभिभावक संस्था नभएको उनको बुझाई छ। उनै राजनीतिक विश्लेषकसँग दृश्य टिभीका लागि गरिएको अन्तर्वार्ता २ भागमा प्रसारण हुँदैछ।

प्रतिक्रिया