विश्व कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाले तीन दशकको अवधिमा सगरमाथा क्षेत्रमा धेरै परिवर्तन आएको बताएका छन् । पछिल्लो समयमा विश्वव्यापी रुपमा भएको तापक्रम वृद्घिसँगै हिउँ चाँडो पग्लिने क्रम तीव्र रुपमा बढ्दै गएको उनको अनुभव छ ।

गत मे ७ का दिन २६ औं पटक सगरमाथा आरोहण गरेर उनले विश्व कीर्तिमान कायम गरेका हुन् । सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलोपटक सगरमाथा आरोहण गर्दा सगरमाथा आधारशिविरमा महिनौंसम्म हिउँ रहने गरेको उनी सुनाउँछन् ।

‘त्यस बेला आधारशिविर र क्याम्प–१ मा बस्दा हिउँ फुटाएर पानी खानुपर्ने स्थिति थियो । अहिले चाहिँ हिउँ पग्लिएर हिमनदीको आकार बढेको छ, त्यहीँबाट पिउने पानी ल्याउन गर्न सकिन्छ,’ उनी भन्छन् ।

पछिल्लो समय सगरमाथाको आधार शिविर सार्नुपर्छ भनी बहस चलिरहेका बेला आरोही कामीरिता हचुवाका भरमा आधार शिविर नसार्न सुझाव दिन्छन् ।

अहिलेको आधार शिविर क्षेत्रभन्दा उपयुक्त र भरपर्दो स्थान बेस क्याम्पका लागि नरहेको उनको भनाइ छ ।

कीर्तिमान आरोही कामीरिताले हिमाल चढ्दाका अनुभव, बदलिएको हिमाल, सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनलगायत विषयमा कुराकानी ।

प्रतिक्रिया