युवा उद्यमी प्रकाश बोलाखेले प्राकृतिक धागोबाट बनेको स्वदेशी लुगा स्वास्थ्यका लागि उपयोगी हुने धारणा राखेका छन् । ‘शुद्घ भोजन, शुद्घ वस्त्र र शुद्घ विचार एक अर्कासँग अन्तर्सम्बन्धित छन् । प्राकृतिक धागोबाट बनेका लुगा शुद्घ हुने र त्यस्ता लुगाले व्यक्तिमा सकारात्मक ऊर्जा प्रवाह गर्न मद्दत गर्छन्,’ दृश्य टिभीसँगको कुराकानीमा बोलाखेले भने । स्वदेशी लुगा प्रवद्र्घनमा लागेका उद्यमीलाई सरकारले मद्दत गर्नुपर्ने उनको भनाइ छ ।

क्यास्टेलो नेपाल इन्टरप्राइजेजका डाइरेक्टरसमेत रहेका बोलाखे जरोकिलो महाअभियानमा समेत संलग्न रहेका छन् । क्यास्टेलोले पस्मिना र फाइबरका लुगा उत्पादन गरेर स्वदेश तथा विदेशमा बिक्रीवितरण गर्दै आएको छ । बोलाखेलगायत युवा उद्यमीको समूहले किसानबाट ऊन खरिद गर्ने उद्देश्यले मुस्ताङमा संकलन केन्द्र स्थापना गरेका छन् । ‘प्राकृतिक खानेकुरा खाएका भेडा, चौरी आदि जनावरको ऊनबाट बनेका वस्त्र पक्कै शुद्घ हुन्छन् । हामी किसानलाई राम्रो मूल्य दिएर कच्चा पदार्थ खरिद गर्छौ,’ उनी भन्छन् ।

नेपाली पस्मिना र नेचुरल फाइबरको उत्पादनका साथै बाँस, अल्लोलगायत वनस्पतिबाट बनेको धागो प्रयोग गरेर मौलिक वस्तुहरु तयार गरिएको बोलाखेले जानकारी दिए । नेपालमा बनेका लुगा प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उनको तर्क छ । ‘नेपालमै स्थानीय कच्चा पदार्थबाट बनेका लुगाहरुलाई सरकारले विशेष ध्यान दिनुपर्छ । सरकारी कर्मचारीलाई त्यस्ता लुगा लगाउन प्रोत्साहन गरिनुपर्छ,’ उनी भन्छन् । स्वदेशी वस्त्र अभियानले स्वरोजगार बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको भनाइ छ । यसबाट विदेशी लुगाको आयात कम गर्न मद्दत पुग्ने उनको भनाइ छ । ‘हरेक चाडपर्व र विशेष कार्यक्रममा स्वदेशी लुगा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ ।

नेपालका अर्गानिक उत्पादनलाई विशेष गिफ्ट सामग्रीका रुपमा विदेश पठाउन सकिन्छ,’ बोलाखे सुनाउँछन् । उनले नेपाली रैथाने उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ र यसका चुनौती र अवसर के–के छन् भनी आफ्ना विचार प्रस्तुत गरेका छन् । हेरौं– पूरा भिडियो ।

 

प्रतिक्रिया