जाेमसाेम। पाेखराबाट जाेमसाेम उडेकाे तारा एयर  विमानकाे खाेजी यहाँकाे खराब माैसमका कारण कठिन बनेकाे छ। पाेखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेकाे विमान थासाङ गाविसको हिमाली रेञ्जमा हराएको थियो। यहाँकाे प्रतिकूल माैसमका कारण नेपाल आर्मीको उद्धार टाेलीलाई विमानकाे खोजी गर्न गाह्राे परिरहेकाे छ। बाक्लाे हुस्सुका कारण विमान खाेजी कार्यमा कठिनाई भइरहेकाे छ भने हल्का पानी पनि परेकाे छ। 

 

प्रतिक्रिया