बरिष्ठ विमान चालक (सेवा निवृत्त) क्याप्टेन दधिराम निरौलाले आफ्नो करिअरमा कूल २८ हजार घन्टा विमान उडाएका छन् । नेपाल वायुसेवा निगम, नेकोन एयर र एयर डेकनदेखि किंगफिसरसम्मका डकोटा, फोकर, एभ्रो हुँदै बोइङ ७४७ लगायतका विभिन्न मोडेलका जहाज उडाएका क्याप्टेन निरालासँग जहाज दुर्घटना हुनबाट बचाएका थुप्रै अनुभव छन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा चढेको नेकोनको विमान आकस्मिक अवतरण गर्दा होस् या जहाज ढुंगा झैं आकाशबाट तल खस्दा नै किन नहोस्, उनले आफ्नो उडान कुशलताबाट धेरैलाई बचाएका थिए । अचेल हवाई उड्डयन सुरक्षा विभागमा सुरक्षा सुपरिवेक्षक रहेका निरौलासँग व्यष्टि÷समष्टिका लागि कुसुम भट्टराइले गरेको रोचक कुराकानी :

प्रतिक्रिया