काठमाडौं। सडक स्तरोन्नतीका लागि सरकारले ‘पेमेन्ट अफ रिसाइक्लिङ’ प्रविधि देशमा भित्र्याउने तयारी गरेको सडक विभागका पूर्व महानिर्देशक तुलसी सिटौलाले जानकारी दिएका छन्।

दृश्यटिभीसँगको अन्तर्वार्तामा सिटौलाले भने, ‘हामीले महाराजगञ्ज नारायणगोपाल चोकदेखि बुढानिलकण्ढसम्मको सडक खण्डका लागि यसै आर्थिक वर्षमा यो सिस्टम प्रयोग गर्न लागेका थियौं। तर, त्यो तत्काल सम्भव भएन।’

उनले नेपालको सडकलाई प्रविधि मैत्री बनाउन आधुनिक प्रविधि भित्र्याउने तयारीमा सरकार रहेको जानकारी दिए। ‘यो प्रविधिमा खराब बाटो निकालेर रिसाइकल गरिन्छ।

यसमा आवश्यक बिटमिनलगायत अन्य कुरा थपेर नयाँ बाटो निर्माणको प्रक्रिया सुरु हुन्छ।’ ‘पेमेन्ट अफ रिसाइक्लिङ’ प्रविधिमार्फत दिनमा १–२ किलोमिटर बाटो मजाले बनाउन सकिने उनको भनाई छ।

‘एकातिरबाट गाडी गुडिरहेका हुन्छन्। अर्कोतिर आरामले बाटो खन्दै पुनःनिर्माण गर्न सकिन्छ।’ सिटौला मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालको दाङ क्षेत्रमा पर्ने ७७ किलोमिटर परियोजनाका योजनाकार मानिन्छन्। उनले एमसीसीमा आवद्ध भएर सडकको डिजाइन गरेका थिए।

 

अमेरीकाले यस्तो सडक बनाउँदै छ नेपालमा

 

प्रतिक्रिया