यसपालि  मार्च ८ का दिन विभिन्न पेसामा आबद्घ ४० जना महिलाले सगरमाथाको आधार शिविरमा भेला भएर अन्तर्राष्ट्रिय महिला दिवस मनाए । जलवायु परिवर्तनको  असरले हिमालमा पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण  गराउने साथसाथै नामक संस्थाले उद्देश्यले यो अभियानको आयोजना गरेको थियो ।  ‘वुमन युनाइटेड फर क्लाइमेट चेन्ज’ नारासहित उक्त यात्रा पूरा गरेर महिलाहरूको टोली काठमाडौं फर्किसकेको छ । 

टोली काठमाडौंदेखि जहाजमा लुक्ला हुँदै त्यहाँबाट पैदलयात्रा गरेर कालापत्थर पुगेको थियो । टोलीमा अधिकारकर्मी, पत्रकार,  वकिल, उद्यमी, स्वास्थ्यकर्मी, शिक्षाकर्मीलगायत विभिन्न पेसामा आबद्घ महिलाहरूको सहभागिता रहेको थियो । यो यात्राबाट हिमाली क्षेत्रमा जलवायु परिवर्तनले जीवनका विभिन्न आयाममा पारेको असर प्रत्यक्ष अनुभूत गर्ने मौका पाएको साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीको अनुभव छ ।

‘आधार शिविरबाट फर्किएपछि हामी सहभागी महिलाहरू ‘स्वघोषित दूत’ बनेका छौं, हिमालमा जलवायु परिवर्तनको असरबारे अब बहस सुरु गर्छौं,’ प्रजिताले भनिन् । प्रदेश १ को सगरमाथा आधारशिविर यात्राबाट सुरु भएको जागरणमूलक कार्यक्रम अन्य ६ प्रदेशमा पनि आयोजना गर्ने योजना रहेको उनले सुनाइन् ।

साथसाथै संस्थाकी अध्यक्ष कार्कीसँग सगरमाथा आधारशिविर यात्रा, चिडियाखानामा सुरु गरिएको ‘एडप्ट एन एनिमल’लगायत विषयमा गरिएको कुराकानी :

 

प्रतिक्रिया