स्वर्गीय गिरिजा प्रसाद कोइराला अर्थात् नेपाली राजनीतिका ‘अटल राजनेता’ । जसले २००७ सालमा जहानीयाँ राणा शासन समाप्त पार्न र प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनसँग मिलेर काम गरे।

२०१७ सालमा त्रिभुवनका छोरा राजा महेन्द्रले आफ्नो दाजु देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार अपदस्थ गर्दा शाही कदमको विरूद्धमा उत्रिए।

२०४६ सालमा महेन्द्रका छोरा राजा वीरेन्द्रले दाजुको ‘टु पिलर थ्योरी’ लाई स्वीकार गर्दै प्रजातन्त्र स्थापित गरेपछि उनी राजसंस्थाको सबैभन्दा ठूलो ‘रक्षा कवज’ बने। राजा वीरेन्द्रको वंशनाश हुँदा उनी निकै भावुक बनेका थिए।

उनी निकटस्थ व्यक्तिहरुसँग भन्ने गर्थे, ‘राजा वीरेन्द्रको आकस्मिक देहावसानको घटना मलाई दाजुको मरणभन्दा पनि नमीठो लाग्यो। किनभने दाजु केही वर्षमा मर्दै हुनुहुन्छ भन्ने पहिले नै थाहा थियो। तर, यति सज्जन राजाको मरण यसरी हुन्छ भन्ने कल्पना पनि गरेको थिइन।’ दरबार हत्याकाण्डपछि नेपाली राजनीतिले अर्के मोड लियो।

दाजु वीरेन्द्रको वंशनाश भएपछि भाई ज्ञानेन्द्र शाही सत्ताको बागडोरमा देखा परे। आफू राजा भएको केही वर्षभित्रै बुवाको पदचाप पछ्याउने रहरले राजा ज्ञानेन्द्रले सम्पूर्ण राजकीय सत्ता आफ्नो हातमा लिए। राजाले फेरि दाजुको ‘टु पिलर थ्योरी’ को विनाश गरे। यो घटनालाई २०१७ सालदेखि सुक्ष्मढंगले हेरेका गिरिजाबाबु यसपछि राजसंस्थाको अन्त्य र गणतन्त्रको अभियानमा अडिग भएर लागे।

उनै ‘अटल राजनेता’ को आज १२ औं पुण्यतिथिको अवसरमा दृश्य टिभीको विशेष कभरेज ।

 

यो पनि पढौं 

तस्विरमा गिरिजाबाबुको त्यो दिन

सम्झनामा अटल राजनेता गिरिजा प्रसाद

राजा मान्ने गिरिजाबाबु किन गणतन्त्रमा पुगे? 

प्रतिक्रिया