नेपालका २१ हिमताल अति जोखिममा !

डा. रिजनभक्त कायस्थ

हिमनदीविद्, काठमाडौं विश्वविद्यालय

 

नेपालका २१ हिमताल उच्च जोखिममा रहेका र कुनै पनि बेला फुट्न हुनसक्ने हिमनदीविद् डा. रिजनभक्त कायस्थले बताएका छन् । काठमाडौं विश्वविद्यालय वातावरण विभागका प्रमुखसमेत रहेका डा. कायस्थले हिमताल फुट्न सक्ने जोखिम कायम रहेकाले त्यसबाट बच्न सतर्कता अपनाउनुपर्ने उल्लेख गरेका छन् ।

‘इसिमोडले गरेको अध्ययनबाट नेपालका २१, तिब्बतका २५ र भारतको एउटा हिमताल उच्च जोखिममा छन्, यसबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले समयमै कदम चाल्नुपर्छ,’ दृश्य टिभीसँगको कुराकानीमा उनले भनेका छन् । हिमालमा रहेका हिमतालमध्ये च्छो रोल्पा र इम्जाले वयस्क अवस्था पार गरिसकेकाले कुनै पनि बेला ‘आउट ब्रस्ट’ हुनसक्ने आवश्यकता उनले औंल्याए ।

एनका अनुसार हिमाली क्षेत्रमा हिमनदी छोटिँदै जानु र हिमतालको आकार बढ्दै जानु भनेको भावी दिनमा विपद्को घन्टी बज्ने सम्भावना रहनु हो । बर्सेनि तापक्रम बढ्दै गएपछि हिमालमा हिउँ पग्लिने गति तीव्र बन्दै गएको र बरफ बन्ने प्रक्रिया प्रभावित भएकाले यो क्षेत्र जलवायु परिवर्तनको चेपेटामा परेको उनको भनाइ छ ।

डा. कायस्थले २६ वर्षदेखि हिमनदी र हिमतालको अध्ययन र अनुसन्धान गर्दै आएका छन् । हिमनदीको विषयमा जापान र जर्मनीबाट डक्टरेट र पोस्ट डक्टरेट उपाधि हासिल गरेका उनी नेपालका चर्चित हिमनदीविद् हुन् । जलवायु परिवर्तनको असरले हिमनदी र हिमताल प्रभावित बनिरहेको अवस्थामा भविष्यमा नदीनालाको पानीको भोल्युम घट्दै गएको उनको अनुभव छ । यसरी नदीमा पानीको भोल्युम घट्दा जलविद्युत आयोजनासमेत प्रभावित बन्नसक्ने उनको आँकलन छ ।

हिमनदीविद् कायस्थसँग जलवायु परिवर्तनको असरले हिमनदी र हिमतालमा पारेको असरबारे दृश्य टिभीले गरेको कुराकानी :

प्रतिक्रिया