विनोद चौधरीको प्रेमिल जिन्दगी

उद्योगपति विनोद चौधरीले जसलाई पहिलोचोटी भित्रैदेखि माया गरे, आखिर जीवनसाथी पनि उनलाई नै रोजे । चार दशकदेखि चौधरी दम्पतीको जीवनयात्रा प्रेमिल ढंगले चलिरहेको छ ।

परिवारको साथ र समर्थन लिएर सारिका चौधरीलाई जीवनसाथी बनाउन निक्कै कसरत गर्नुपरेको थियो विनोदले । 'लभ अफेयर्स' चलेका ती दिनहरुमा बाटामा आउने काँडाहरुलाई पन्छाए उनले । दुई वर्षको गहिरो प्रेमपछि बाँधिएको उनीहरुको वैवाहिक जीवन सफल र उदाहरणीय बनेको छ ।

सफल दाम्पत्य जीवनका लागि एकले अर्कालाई बुझ्नुपर्ने उनको बुझाइ छ । सफल दाम्पत्य जीवनका लागि 'कम्प्रमाइज' पनि जरुरी हुन्छ, एकले अर्काको भावनालाई बुझ्न सकेन भने समस्या आउँछन्, उनी भन्छन् । चौधरी दम्पतीका तीन छोराहरु निर्वाण, वरुण र राहुल पनि बाबुबाजेकै पदचाप पछ्याएर सफल उद्योगपति बन्दै छन् ।

नयाँ–नयाँ रमणीय ठाउँमा एक्लै जाँदा श्रीमतीलाई 'मिस' गर्छन विनोद । वर्षौसम्म सँगै जिन्दगी बिताएकी श्रीमतीलाई यस्तो सुन्दर ठाउँमा सँगै भएको भए हुन्थ्यो भन्ने लाग्छ, तर विभिन्न कारणल सबै ठाउँमा सँगै हुन संयोग जुर्दो रहेनछ, उनी भन्छन् । मायाको बन्धनले नै सम्बन्धलाई टिकाइराख्ने उनको अनुभव छ ।

नवलपरासीको गंगादेवी चौधरी उद्योगग्रामदेखि कास्कीको रुपाकोटसम्म विनोदलाई पछ्याउँदा व्यस्तताबीच उपलब्ध छोटो समयमा उनीसँग केही महिनाअघि वार्तालापको अवसर जुरेको हो । कला, फिल्म र प्रेमबारे उद्योगपति चौधरीले दृश्य टिभीसँग खुलस्त भएर आफ्ना अनुभव बाँडेका छन् ।

सौखिन गायक, फिल्ममा अभिनय, चित्रकारिता उनका कमै खुलेका पाटाहरु हुन् । यी र यस्तै विषयमा दृश्य टिभीसँग विनोद पुराना दिनहरु सम्झिएर रोमाञि्चत हुँदै खुलेका छन् : 

प्रतिक्रिया