विश्वकै धनाढ्य एलन मस्कले अन्तरिक्ष यात्राका लागि योजना बनाइसकेको समाचार सार्वजनिक भइरहँदा पछिल्लो समय नेपालीमा पनि खगोल तथा अन्तरिक्ष विज्ञानप्रति चासो बढ्न थालेको छ । केही वर्षदेखि यहीँ स्नातक इन्जिनियरिङमा एरोस्पेससम्बन्धी पढाइ सुरु भइसकेको छ ।

केही वर्षयता मुलुकमा खगोेल विज्ञानप्रति चासो बढ्नुलाई सकारात्मक रुपमा लिइनुपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराई बताउँछन् । ‘पछिल्ला वर्षहरुमा स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुमा खगोल विज्ञानप्रति निक्कै आकर्षण बढेको देखिन्छ, हामीले गर्ने खगोलसम्बन्धी विभिन्न क्रियाकलापमा विद्यार्थीहरुले अत्यन्त अभिरुचिसाथ सहभागिता जनाउन थालेका छन्,’ उनी भन्छन् ।

करिब डेढ दशकअघि स्थापना भएको नासोले खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा अध्ययन–अनुसन्धान, आउटरिच तथा विभिन्न चेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ । नासोका अध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसँगको सहकार्यमा मुलुकमा खगोल विज्ञानको प्रवद्र्धनका लागि अनवरत कार्य गर्दै आएका छन् । नासोले स्कुल तथा कलेजका विद्यार्थीका लागि खगोलसम्बन्धी प्रतियोगितात्मक कार्यक्रम पनि गर्दै आएको छ ।

क्षुद्र ग्रह (एस्टोरोइड) खोजका लागि नेपालका विद्यार्थीले सक्रिय सहभागिता जनाउँदै आएका छन् । ‘नासोले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँगको समन्वयमा काम गर्दै आएको छ, दुईवटा ताराहरुको नामकरण नेपाली नामबाट गरिसकिएको छ,’ भट्टराई भन्छन् । नेपालको आकाश कम प्रदूषित भएकाले ताराहरुको अवलोकनका लागि उत्कृष्ट गन्तव्य हुनसक्ने उनको भनाइ छ ।

‘ताराहरुको अवलोकन गर्न आउने विदेशीहरुका लागि नेपाल महत्वपूर्ण स्थान बन्न सक्छ, यसले खगोलीय पर्यटनलाई समेत सहायता गर्न सक्छ,’ उनी भन्छन् । ताराहरुको अवलोकन गर्ने स्थान निर्माणका लागि सरकारले पनि ठोस कार्य गर्नुपर्ने उनको सुझाव छ । नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानको विकास तथा खगोलीय पर्यटनको सम्भवनाबारे नासोका अध्यक्ष सुरेश भट्टराई  सँग दृश्यटिभीले गरेको कुराकानी

 

0 Comments

SORT BY

प्रतिक्रिया