डा. सन्तोष दुलाल सुक्ष्मजीव विज्ञ/अनुसन्धान वैज्ञानिक मोलिक्युलर माइक्रोबायोलोजीमा अमेरिकाबाट विद्यावारिधी गरी आनन्दवन अस्पताल, ललितपुरमा कोभिड प्रयोगशाला प्रमुखका रुपमा कार्यरत डा. सन्तोष दुलालले कोरोना भाइरसका विभिन्न नयाँ भेरियन्ट, खोपको प्रभावकारितालगायत विषयमा अनुसन्धान गर्दै आएका छन्।

दुई वर्षअघि कोभिड–१९ संक्रमण सुरु भएयता उनले कोरोना भाइरससम्बन्धी वैज्ञानिक तथ्य, संक्रमणबाट बच्न अपनाउनुपर्ने सतर्कतालगायत विषयमा विभिन्न सञ्चारमाध्यममा आफ्ना विचार राख्दै आएका छन् ।

नेपालमा पछिल्लो समय नयाँ भेरियन्टको संक्रमण पुष्टि भएसँगै कोभिडको तेस्रो लहर सुरु भइसकेको र आगामी दुई साताभित्रमा संक्रमणदर उच्च बिन्दुमा पुग्ने डा. दुलालको आँकलन छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको स्वरुप, यसको संक्रमणदर तथा मृत्युदरलगायत विषयमा उनीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया